रामेछाप । पुष्पलाल लोकमार्ग अन्तर्गत पर्ने रामेछाप र दोलखाको सिमाना अन्तर्गत खिम्ती खोला नजिकै पहिरो खसेसँगै उक्त लोकमार्गमा चल्ने यातायातका साधनहरु विहानै देखी ठप्प भएका छन् ।

पहिरोका कारण सडकमा ठूलाठूला ढुङ्गा र गेगरले वाटो अवरुद्ध भएपछि प्रहरीले उक्त सडक मार्फत संञ्चालन हुँदै आएका यातायातका साधनहरुलाई वैकल्पीक बाटो हुँदै प्रयोग गर्न आग्रह गरेको छ । उक्त सडक अवरुद्ध भएसँगै रामेछापवाट दोलखा हुँदै चल्ने सम्पूर्ण यातायातका साधन ठप्प भएका छन् ।
सोही रुट हुँदै दोलखाबाट तराईका विभिन्न स्थानमा यातायात साधन संञ्चालन हुँदै आएका छन् । अवरुद्ध भएको उक्त सडक सुचारु गर्न प्रहरीले प्रयास गरिरहेकाले केही समय पछि सडक पुनः सञ्चालनमा ल्याइने जनाएको छ ।

Post Views: 59