रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक युवकले स्थानिय एक युवती माथि गएराती खुकुरी प्रहार गरेका छन् ।

खुकुरी प्रहारवाट उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २७ वर्षिय एलिसा सुनुवार गम्भिर घाइते भएकी छिन् । उनलाई सोही वडाका ३२ वर्षिय रजिन सुनुवारले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारवाट गम्भिर घाइते भएकी रजिनालाई स्थानियहरुले घटनास्थलवाट उद्धार गरी स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार गराएका थिए ।
उनको स्थास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारको काठमाण्डौं लैजान गाडी मार्फत सदरमुकाम मन्थलीसम्म ल्याउँदै गर्दा शरिरवाट धेरै रगत वगेका कारण उनको अवस्था झनै गम्भिर भएकाले हेलिकोप्टर मार्फत बिहिवार (आज) काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।


उनका अनुसार युवक रजिन र युवती एलिसा एकै गाउँका र पारिवारिक नाता समेत रहेको बुझिएको छ । युवकले युवती माथि के कती कारणले खुकुरी प्रहार गर्यो भन्ने एकिन खुल्न सकेको छैन । प्रहरीले खुकुरी प्रहार गर्ने युवक रजिन सुनुवारलाई नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गरेको र यस घटनाको बिषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।