पिङ खेल्ने क्रममा लडेका बालकको मृत्यु

रामेछाप । घरको आँगनमा राखिएको डोरीको पिङ खेल्ने क्रममा लडेका एक वालकको उपचारको क्रममा मृत्यु भएको छ ।

शनिवार दिउँसो सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–३ बोहोरेटार घर भई रामेछापको खाँडादेवी गाउँपालिका–८ धुलेबेसिमा आमा कल्पना श्रेष्ठ सँग मामाघर आएका वर्ष ६ का उज्जवल श्रेष्ठ मामाघरको आँगनमा डोरीको पिङ खेल्ने क्रममा लडि गम्भिर घाइते भएका थिए । घाइते श्रेष्ठको टाउँको गम्भिर चोट लागेपछि उपचारको लागि तत्काल काभ्रे स्थित धुलीखेल अस्पताल लगिएको थियो ।

धुलिखेल अस्पतालमा उपचारको लागि भर्ना गरिएका बालक श्रेष्ठको टाउँकोमा गम्भिर चोट लागेको र रगत जमेको भनेपछि उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डौं स्थित न्युरो अस्पताल बासवारीमा रिफर गरिएको थियो ।

धुलिखेल अस्पतालका चिकित्सकले न्युरो अस्पताल बासवारी रिफर गरेसँगे बालकका अभिभावकले तत्काल न्युरो अस्पताल पुर्याएर उपचार गराउँदा गराउँदै आइतवार राती बालकको मत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।

Scroll to Top