पत्रकारलाई निःशुल्क उपचार

रामेछाप । रामेछापमा पत्रकारीता गर्दै आएका पत्रकारहरुलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले निःशुल्क उपचार गर्ने भएको छ ।

उक्त कार्यालयको चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । पत्रकारहरुलाई औषधी वाहेक अन्य सवै उपचारमा निःशुल्क गर्ने समितिले निर्णय गरेको छ । अस्पतालमा उपचार लिन जाने पत्रकारहरुले नेपाल पत्रकार महासंघको परिचय पत्र, वा नेपाल सरकारका आधिकारीक निकायमा दर्ता गरेको दर्ता संञ्चारमाध्यमका परिचयपत्रको आधारमा निःशुल्क उपचारको सुविधा उपलव्ध गराइने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका निमित्त प्रमुख दीपक कुमार कार्कीले जानकारी दिए ।

आयुर्वेदले पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य उपचार गर्ने कार्यक्रम ल्याएकोमा अन्यन्तै खुशी लागेको अक्षता दैनिकका सम्पादक नविन केसीले जानकारी दिए । उनले भने–यो अन्त्यत राम्रो कुरा हो । सधै नागरिकको पक्षमा कलम लचाउने पत्रकारहरुको हितमा यो कार्यक्रम आएको छ । यो कार्यक्रम एकदम राम्रो भएकाले जिल्लाका सवै पत्रकारहरुले सुविधा उपभोग गर्न समेत उनले आग्रह गरे ।

Scroll to Top