लुटेको हतियार बुझाउन रामेछाप प्रशासनको आग्रह

रामेछाप । केही दिन अघि भएको आन्दोलनका क्रममा देशका विभिन्न प्रहरी कार्यालयहरुवाट आन्दोलनकारीहरुले लुटिएको हातहतियार सम्वन्धित प्रहरी कार्यालयमा बुझाउन रामेछाप जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गरी केही दिनअघि देशमा उत्पन्न विषम अवस्थामा देशका विभिन्न प्रहरी कार्यालयहरुमा आगजनी गरी हातहतियार लुटी लगेको र उक्त हातहतियार कोही कसैले रामेछापमा लिइ आएको भएमा तत्काल उक्त हातहतियार सम्वन्धित प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो ।

यदी प्रशासनको सूचनालाई अटेर गरी लुटेको हातहतियार नबुझाएको भेटिएमा प्रचलित कानुन वमोजीम आवश्यक कार्वाही गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Intel(R) JPEG Library, version [2.0.18.50]

Scroll to Top