रामेछाप । शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जिल्लाका ८ वटै स्थानिय तहमा कार्यरत शिक्षकहरुलाई विद्यालय पोशाक लगाएर टिकटक र अन्य भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह गरेको छ ।

इकाई कार्यायले सोमवार एक सूचना जारी गर्दै शिक्षकहरुले विद्यालय पोशाकमा भिडियो बनाएर पोष्ट गर्दा बालमनोविज्ञानमा प्रत्यक्ष असर पर्ने भएकाले यो निर्णय गरेको हो । शिक्षकले पोशाक लगाएर बनाएको टिकटक र अन्य कुनै पनि भिडियो सामाजिक सञ्जालमा पोष्ट नगर्न शिक्षा मन्त्रालयले जिल्लामा पत्राचार गरेसँगै यस कार्यालयवाट जिल्लाका ८ वटै स्थानिय तहलाई पत्राचार गरिएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका इकाई प्रमुख नेत्र प्रसाद गजुरेलले जानकारी दिए ।
Post Views: 64




