रामेछाप । उमाकुण्ड गाउँपालिका–२ वाम्ती स्थित मुलखर्कका एक युवकको भिरवाट लडेर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा उमाकुण्ड गाउँपालिका–२ वाम्तीका २९ वर्षिय सुब्बा पाण्डे रहेका छन् । पाण्डे शनिवार साँझ घरवाट वजार गएर आउँछु भन्दै निस्किएका थिए । आइतवारसम्म पनि उनी घर नफर्किएपछि उनका घरपरिवारका सदस्यहरु उनको खोजीमा निस्एिका थिए । उनको खोजी गर्ने क्रममा आज बिहान वाम्तीको रेलिङमोड भिरमा उनको मृत्य अवस्थामा शव फेला परेको हो ।
उनी रेलिङमोड जंगलको भिर बाटो हुँदै वजार तर्फ गएका थिए । पैदल हिड्ने क्रममा उनी चिप्लीएर लडेको हुनसक्ने स्थानियहरुले बताएका छन् । उनको शव गोरेटो वाटोवाट करिव २० सयमिटर तल भिरमा रहेको थियो । सो घटनाको बिषयमा मृतक पाण्डेका परिवारले प्रहरी चौकी वाम्तीमा खवर गरेका थिए ।


घटनाको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार गरी शव पोष्र्टमार्टमको लागि दोलखाको जिरी अस्पताल पठाएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।




