रामेछाप । नियमित सेवन गर्दै आएको डिप्रेसन औषधीको मात्रा ओभरडोज प्रयोग गर्दा रामेछापमा एक बृद्धको ज्यान गएको छ ।

चिकित्सकले दिएको भन्दा बढी ओभरडोज औषधी सेवन गर्दा रामेछापको सुनापति गाउँपालिका–१ गुन्सी भदौरेका ६० वर्षिय इन्द्र बहादुर रायको ज्यान गएको हो । उनलाई केही वर्षअघि देखी डिप्रेसन भई सो रोगका कारण चिकित्सकले दिएको डिप्रेसनको औषधी सेवन गर्दै आएका थिए । उनले नियमित खादै आएको उक्त औषधीले आफुलाई नछोएको भन्दै विहिवार राती आफैले डबल डोज प्रयोग गरेका थिए ।
औषधी सेवन गरेर सुतेका रायलाई अचानक चक्कर लाग्ने वाकवाकी लाग्ने र वेहोस् हुने जस्ता लक्षण देखिएपछि उनका परिवारका सदस्यहरुले तत्काल उपचारको लागि शुक्रवार दिउँसो काठमाण्डौं विर अस्पताल लैजाने क्रममा उनको बिच वाटोमा नै ज्यान गएको हो । उनको शब हाल विर अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।




