मन्थली सामुदायिक खानेपानीको मिनी साधारणसभा सकियो

रामेछाप । मन्थली सामुदाययिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिले टोलटोलमा गरेको मिनि साधारणसभा बुधवारवाट सकिएको छ ।

पुष १० गते हुने २३ औं साधारण सभा एबं ८ औं अधिबेशनलाई लक्षित गरी मंसिर २५ गते मन्थली नगरपालिका वडा नं १ को भुपु शैनिक हलमा एरिया नं २ र ३ वाट संस्थाले मिनि साधारण सभा शुरुवात गरेको थियो । संस्थाले मंसिर २६ गते पतन्जली योग साधना केन्द्र वसपार्कमा एरिया नं ७ को र पौष १ पुरानो एसएस होटलमा एरिया नं ४, ५ र ६ को साधारण सभा सम्पन्न गरेको छ ।

त्यसैगरी पौष २ गते एरिया नं १ को सानिमदौको सानीटारमा मिनी साधारणसभा गरी टोलटोलमा हुने साधारणसभा सकिएको मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव ढाकल बहादुर थापाले जानकारी दिए । उनका अनुसार टोलटोलमा गरिएको साधारणसभाले कुल उपभोक्ताको दश प्रतिशतले २४ औं साधारणसभा एवं आठौं अधिवेशनमा जाने प्रतिनिधीहरु छनौट गरिएको छ ।

टोलटोलमा भएको मिनी साधारणसभाको अध्यक्षता सम्वन्धित एरियाका सदस्यहरुले गरेका थिए । उक्त सबै मिनी साधारण सभामा मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष पूर्णवहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो साधारणसभामा समितिले एक वर्षमा भए गरेका संस्थाको आयव्ययको विवरण संस्थाका कोषाध्यक्ष कृष्ण वहादुर वस्नेतले सहभागीहरुलाई पढेर सुनाएका थिए । उक्त साधारणसभामा समितिका पदाधिकारीहरुकाे समेत उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा सहभागी उपभोक्ताहरुले संस्थाले गरेका राम्रा काम र सुधार गर्नुपर्ने बिषयमा आआफ्नो धारणा राखेका थिए । जसमा केही सदस्यहरुले खानेपानीको हाल भइरहेको मासिक शुल्क घटाउनु पर्ने माग राखेका थिए भने केही सदस्यहरुले यहीँ शुल्क कायम राखी न्युनतम १५ हजार लिटर पानीको मात्रा वढाएर २५ हजार लिटर पुर्याउनुपर्ने माग राखेका थिए । सहभागीहरुको सवै माग सम्बोधनको लागि वार्षिक साधारणसभामा लगिने मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिका व्यवस्थापक जगदिश सुवेदीले जानकारी दिए ।

Scroll to Top