माकादुममा बलेरो दुर्घटना छ यात्रु घाइते

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–७ खाँडादेवीवाट यात्रु लिएर काठमाण्डौं तर्फ हिडेको बागमती प्रदेश ०८–००१ ज ०२२४ नम्बरको बलेरो गाडी सोमवार सोही गाउँपालिकाको वडा नं ६ माकादुममा दुर्घटना भएको छ ।

गाडी दुर्घटनामा परी गाडीमा सवार ६ जना घाइते भएका छन् । घाइते मध्ये गम्भिर रहेका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई उपचारको लागि काठमाण्डौं पठाइएको छ । अन्य सामान्य घाइते भएका थप दुईजनालाई पनि सँगै उपचारको लागि काठमाण्डौं नै तर्फ गएको खाँडादेवी गाउँपालिका–६ का वडा अध्यक्ष नारायणवहादुर कार्कीले जानकारी दिए ।

गाडीमा सवार मध्ये चालक सकुसल रहेकाले गाडी चालक अन्दाजी २५ वर्षिय किशोर कार्कीलाई प्रहरीले इलाका प्रहरी कार्यालय चोप्राङ्गले नियन्त्रणमा लिएको छ । गुड्दै गरेको गाडी अकस्मात सोही सडकमा पल्टिएको थियो । गाडी दुर्घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top