जेठानले गरे मुक्का हानेर ज्वाइको हत्या

रामेछाप । एकआपसमा घरायसी विवाद बढ्दै जाँदा रामेछापको दोरम्वा शैलुङ गाउँपालिका–४ गौश्वारामा जेठानले आफ्नै ज्वाइलाई मुक्का प्रहार गरी हत्या गरेका छन् ।

घरायसी विवादका कारण अन्दाजी ६३ बर्षिय वीरवहादुर तामाङले उनका ज्वाइ अन्दाजी ६० वर्षिय प्रेमवहादुर तामाङलाई मुक्का हानि मगंलवार विहान हत्या गरेका थिए । ससुराली घर आएका जेठानले आफ्नै ज्वाइको हत्या गरेर फरार भएपछि पिडीत परिवारका सदस्यले इलाका प्रहरी कार्यालय टोकरपुरमा खवर गरेका थिए ।

उक्त घटनाको जानकारी पाएसँगै घटनास्थल पुगेको प्रहरीको टोलीले शवको मुचुल्का तयार गरी फरार रहेका वीरवहादुरको खोजी कार्यमा जुटेको थियो । फरार रहेका वीरवहादुर सोही वडाको खारपानी भन्ने स्थानमा लुकि वसेको अवस्थामा वुधवार विहान पक्राउ गरिएको छ । पक्राउ परेका उनलाई जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।

Scroll to Top