राँगाको मासु र खाना खाँदा बेहोस बनेका ढलकोटीको मृत्यु

रामेछाप । राँगाको मासुसँग खाना खाने क्रममा वेहोस बनेका दोरम्वा शैलुङ्ग गाउँपालिका–५ गुन्सालका ३७ बर्षिय सुब्बा ढलकोटीको उपचारको क्रममा आइतवार मृत्यु भएको छ ।

ढलकोटी आइतवार रामेछापवाट बा.प्र.०१–००६ ख ५५७० नम्वरको बसमा चढेर काठमाण्डौं तर्फ गएका थिए । सोही क्रममा बसले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोक स्थित टप भ्याली होटलमा खाना खान रोकेको थियो । उक्त होटलमा खाना सँगै राँगाको मासु ४÷५ गास खाने वित्तिकै असहज भई वेहोस हुन पुगेका थिए ।

उनलाई तत्काल सोही गाडीमा हाली उपचारको लागि काभ्रेको भकुण्डेवेसीमा रहेको मेथिनकोट अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको र घटनास्थलको मुचुल्का तयार गरी शव पोष्र्टमार्टमको लागि हिजो साँझ नै धुलिखेल अस्पताल पठाइएको प्रहरी चौकी भकुण्डेवेसीका प्रहरी नायक निरीक्षक गणेश श्रेष्ठले जानकारी दिए ।

Scroll to Top