एकल महिलामाथी जर्वजस्ती करणी गर्ने युवक पक्राउ

रामेछाप । एक्लै घरमा रहेकी एक एकल महिलालाई मंगलवार राती जर्वजस्ती करणी गरेर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप नगरपालिका–४ हिमगंगा स्थित तिलबारीमा एक्लै घरमा बस्दै आएकी ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेर फरार रहेका २१ वर्षिय प्रेम विसुंखेलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । सुनसरी जिल्ला घर भएका बिसुंखे हाल रामेछापको लिखु बृहत खानेपानी आयोजनामा मजदुरको रुपमा काम गर्दै आएका थिए ।

ती महिलाले आफु जर्वजस्ती करणीमा परेको घटना छिमेकीलाई बताएपछि प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धोवीडाँडावाट खटिएको प्रहरीको टोलीले विसुंखेलाई रामेछाप नरपालिका–४ हिमगंगाको तिलवारीमा एक खाली घरमा लुकिछिपी वसेको अवस्थामा फेला पारेको हो ।

पक्राउ परेका विसुंकेलाई जर्वजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालतवाट आवश्यक म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।

Scroll to Top