चट्याङले प्रशासनको उपकरणमा क्षति,राहादानी सेवा ठप्प

रामेछाप । हावाहुण्डरी सँगै बुधवार बिहान परेको चट्याङले जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर र ईन्टरनेट लगाएतका उपकरणमा क्षति पुर्याएपछि कार्यालयले प्रदान गर्ने राहादानी सेवा ठप्प भएको छ ।

कार्यालयमा भएका उपकरणमा क्षति पुगेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले दिने सेवा बुधबार बिहानैदेखि प्रभावित भएका छन् । कार्यालयले तत्काल इन्टरनेट, टेलिफोन, राउटर लगायतका उपकरण मर्मत गरेर सामान्य सेवा बुधबार दिउँसो देखी संचालनमा ल्याएको भएता पनि राहदानी सेवा भने ठप्प भएको छ ।

चट्याङले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने क्यामेरा, कम्प्युटर, प्रिन्टर र सीसी क्यामेरामा समेत क्षति पुर्याएको छ । कार्यालयमा सुरक्षित रहेको एक सेट उपकरण भएकाले त्यसै उपकरण मार्फत राष्ट्रिय परिचयपत्र र नागरिकता प्रमाणपत्रको सेवा भने निरन्तर भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए ।

उनले भने– आजवाट राहदानी सिफारिस सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द भएको छ । क्षति पुुगेको कम्प्युटरको डिभाईस झिकेर राहदानी विभागमा पठाएकाले उक्त मर्मत भएर नआएसम्म राहादानीको काम बन्द हुनेछ । अन्य सेवा भने यथावत संचालन हुने घिमिरेले बताए ।

चट्याङले उपकरणमा क्षति पुर्याएपछि राहादानी सेवा ठप्प हुँदा जिल्लाको दुुर्गम गाउँदेखी राहादानीको सिफारिस लिन आउने नागरिक खाली फर्कन बाध्य भएका छन् ।

Scroll to Top