रामेछाप । सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति रामेछापको अध्यक्षमा सौजन्यप्रसाद सत्याल निर्विरोध चयन भएका छन् ।
सदरमुकाम मन्थलीमा शनिबार भएको सामुदायिक रेडियो प्रसारक संघको दोश्रो जिल्ला अधिवेशनले सत्याललाई निर्विरोध चयन गरेको हो । उनी रेडियो रामेछापको निर्देशकको रुपमा कार्यरत रहेका छन् । सो नवगठित समितिको सदस्यहरुमा क्रमशः बेदबहादुर श्रेष्ठ, युवराज श्रेष्ठ, देव सुनुवार निर्विरोध रुपमा चुनिएका छन् । जसमा बेदवहादुर रेडियो तिफदीका स्टेसन मेनेजर हुन भने युवराज रेडियो झंकारको स्टेसन म्यानेजर हुन । त्यस्तै देव सुनुवार रेडियो कैरनको अध्यक्ष पदमा कार्यरत रहेका छन् ।
सो अधिवेशनमा सामुदायिक रेडियो प्रसारक संघ बागमती प्रदेश सचिव दीपककुमार घिमिरेले रामेछापमा सामुदायिक र संस्थागत रेडियो विकासका लागि प्रदेशले यथासक्य सहयोग गर्ने प्रतिवद्धा जनाएका छन् । नवनिर्वाचित अध्यक्ष सत्यालले रामेछापमा रेडियोलाई नागरिकले रुचाए अनुसारको कार्यक्रमहरु उत्पादन गरी रेडियोहरुलाई परिकृष्त गर्दै लैजाने बताए ।
उक्त अधिवेशन दीपक कुमार घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।