रामेछाप । जिल्ला प्रशासन कार्यालयको कम्प्युटर र ईन्टरनेट लगाएतका उपकरणमा चट्याङले क्षति पुर्याएपछि बन्द रहेको राहादानी सेवा आइतवारबाट सुचारु हुने भएको छ ।
हावाहुुण्डरी सँगै बुुधवार बिहान परेको चट्याङले कार्यालयमा भएका उपकरणमा क्षति पुगेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले दिदै आएको राहादानी सेवा बुधबारदेखी ठप्प भएको थियो ।
प्रशासन कार्यालयले तत्काल क्षति पुुगेको कम्प्युटरको डिभाईस झिकेर राहदानी विभागमा पठाएकोमा उक्त डिभाईस मर्मत पछि जिल्ला आइपुगेकाले बन्द भएको राहादानी सेवा पुनः सुचारु हुने सो कार्यालयले जनाएको छ ।
चट्याङ्ले क्षती पुगेको इन्टरनेट, टेलिफोन, राउटर लगायतका उपकरण मर्मत गरेर प्रशासन कार्यालयले सामान्य सेवा बुधबार दिउँसो देखी नै संचालनमा ल्याएर नागरिकलाई सेवा दिदै आएको भएतापनि राहदानी सेवा भने ठप्प रहेको थियो ।
Post Views: 80