करेन्ट लागेर एक युवकको ज्यान गयो

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिका–२ सैपुुको सिरिसे स्थित लिखुु नदीमा माछा मार्ने क्रममा करेन्ट सर्ट हुँदा एक युवकको घटनास्थलमा नै ज्यान गएको छ ।

सोमवार दिउँसो लिखु नदीमा माछा मार्ने क्रममा करेन्ट सर्ट हुँदा २९ वर्षिय सुवास कार्कीको ज्यान गएको हो । उनी लिखु नदीमा पुुगेर कपडा धोइ सुुकाएर नुहाएका थिए । नुहाएपछि उनी आफैले बोकेर लगेको माछा मार्न प्रयोग गर्ने उपकरण प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट सर्ट हुँदा उनको घटनास्थलमा नै ज्यान गएको थियो ।

कार्कीलाई करेन्ट लागेर छटपटाइरहेको एक युवकले देखेपछि स्थानिय र प्रहरीमा खबर गरेका थिए । स्थानिय र प्रहरी घटनास्थल पुुग्दा उनको ज्यान गइसकेको प्रहरी चौकी सिरिसेले जनाएको छ ।

Scroll to Top