रामेछाप । उपभोक्ता सँग बढी मूल्य लिएर पेट्रोलियम पदार्थ विक्री गरेको लिखित उजुरी प्रशासनमा परेपछि मन्थलीमा रहेको लक्ष्मी आयल स्टाेर्सलाइ जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
रामेछाप उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष केशवप्रसाद घिमिरेले सञ्चालन गरेको लक्ष्मी आयल स्टोर्सले पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले पछिल्लो पटक गरेको मूल्य समायोजन विपरीत उपभोक्तासँग बढी रकम लिएर पेट्रोलियम पदार्थ विक्री वितरण गरेको लिखित उजुरी प्रशासनमा परेपछि लक्ष्मी आयल स्टोर्सलाई सोमबार उपभोक्ता संरक्षण विभाग रामेछापका निरीक्षण अधिकृत एवं रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे नेतृत्वको अनुुगमन टोलीले उक्त रकम जरिवाना गरेको हो ।
नेपाल आयल निगमले २०८० जेठ ३ गते पेट्रोलियम पदार्थमा गरेको मूल्य समायोजन विपरीत थप मूूल्य लिई आफुुखुशी मनलाग्दी रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिएको पाइएपछि उपभोक्ता हकहित संरक्षण २०७५ दफा ३२ को उपदफा १ अनुसार जरिवाना गरिएको उपभोक्ता संरक्षण विभाग रामेछापका निरीक्षण अधिकृत एवं रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
उनले भने– लक्ष्मी आयल स्टोर्समा यस अघि विभिन्न समयमा पनि तेल मिसावट लगायतका विभिन्न घटनामा पटकपटक जरिवानामा परिसकेकाले कानुनको नजरमा पटके परेको देखिएकाले त्यही अनुसार जरिवाना गरिएको हो । नेपाल अधिराज्य भरि पेट्रोलियम पदार्थको अभाव छैन् । रामेछापमा सञ्चालित पेट्रोल पम्पहरूले कृत्रिम अभाव गराई रहेकाले सबै पेट्रोल पम्पहरूको अनुगमन गरिने र कानुन अनुसार कारबाहीको दायरामा ल्याइने पनि सहायक प्रजिअ घिमिरेले बताए ।
लक्ष्मी आयल स्र्टोस अनुुगमनको क्रममा उक्त पम्पमा पुुगेको अनुुगमन टोलीले कानुन अनुसार बिल बिजन नराखेको, कानुनको परिधिभित्र रहेर पालना गर्नुपर्ने कुराहरूको पालना नगरिएको र स्टक हुँदा हुँदै पनि स्टक आउट भयो भन्ने जस्ता कमजोरीहरू फेला पारेको छ । कारवाहीमा परेको लक्ष्मी आयल स्र्टोले एकहप्ता भित्र जरिवाना रकम तिरेर कानुनको परिधिभित्र रहेर पम्प संचालन गर्नुपर्ने प्रशासनले जनाएको छ ।
यता पम्प सञ्चालक रामेछाप उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरेले भने आफुले कुनै पनि अपराध नगर्दा नगर्दै पनि जर्वजस्त कारवाहीको नाममा प्रशासनले आफू माथी ठूलो अन्याय गरेको बताए । उनले भने– जिल्लामा अन्य कुनै पनि पम्पहरुमा तेल नहुँदा पनि मैले तेल नियमित ल्याएर विक्रीवितरण गरेको छु । मैले राज्यले निर्धारण गरेको भन्दा बढी मूल्यमा तेल विक्रीवितरण गरेको छैन । केही तत्व मैले राम्रो काम गरेको देखेर मलाई सक्न लागेको हुनसक्ने घिमिरेले बताए ।