रामेछाप । मन्थली नगरपालिकामा भएको निःशुल्क दन्त शिविर र विभिन्न रोगहरुको स्वास्थ्इ परिक्षणमा २३ सय भन्दा बढी विरामीले सेवा लिएका छन् ।
मन्थली नगरपालिकाका ३ वटा वडामा भएको उक्त शिविरवाट विरामीहरुले सेवा लिएका हुन् । मन्थली नगरपालिका, ॐ चाबहिल डेन्टल हस्पिट, जर्मन नेपाल संघ, विकासका लागि एकता, धुलिखेल अस्पताल र रामेछाप तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा सम्पन्न भएको शिविरमा दाँतको उपचार बाहेक बिरामीका अन्य विभिन्न रोगहरूको पनि स्वास्थ्य परिक्षण तथा उपचार गरिएको थियो ।
मन्थली अस्पतालबाट निःशुल्क दन्त तथा जनरल स्वास्थ्य परिक्षण गरिएको उक्त शिविर कालिदेवी मा.वि. फुलासी पोखरीमा र सालु स्वास्थ्य चौकी मन्थलीमा निःशुल्क शिविर सञ्चालन गरि सम्पन्न भएको हो । शिविरबाट २३ सयभन्दा बढि बिरामीले विभिन्न रोगको निःशुल्क परिक्षण तथा उपचार लिएका थिए भने औषधी पनि निःशुल्क उपलब्ध गराइएको थियो ।
ग्रामीण क्षेत्रमा रहेका विपन्न, ज्येष्ठ नागरिक, अस्पतालसम्म पहुँच नभएका स्थानीयहरुले यस शिविरबाट लाभ लिएका छन् । विद्यार्थी, विपन्न, दलित र ज्येष्ठ नागरिकहरु गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुशी भएका छन् ।