रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीमा ३ बर्षिय नाबालिकालाइ बलात्कार गरेको आरोपमा १४ बर्षिय एक बालक पक्राउ परेका छन ।
शनिवार रामेछाप नगरपालिका–५ रामपुर घर भएका बालक आफ्नो मामा घर ओख्रेनी आएको बेला बालिकालाई ललाई फकाई बलात्कार गरेका थिए । बालकले नाबालिकालाई जर्वजस्ती गरेर छोडेपछि नाबालिका रुदै घरमा आएर घटनाको बिषयमा परिवारका सदस्यहरुलाई बताएकी थिइन ।
घटना विवरण अनुसार परिवारका सदस्यहरुले शनिबार प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले किटानीको आधारमा नाबालिकाको स्वास्थ्य परिक्षण गरी घटनामा संलग्न बालकलाई पक्राउ गरी थप अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिए ।
हाल नाबालिकाको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय रामेछापमा बलात्कारका घटनाहरु बढ्दै गएको प्रहरीले जनाएको छ ।