मेयरको गाउँ झिलीमिली–सदरमुकाम अन्धकार

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको गाउँ स्मार्ट सडक बत्तीले झिलीमिली हुँदा सदरमुकाम मन्थली भने महिनौ देखी अन्धकारमय बनेको छ ।

अन्य विविध बिषयमा राजनिति गर्दै आएका मेयर श्रेष्ठले सडक बत्तिमा पनि राजनिति गरेको भन्दै मन्थलीका स्थानियहरु आक्रोसित बनेका छन् । विगत ४ महिना अघि नेपाल विद्युत प्राधिकरण उर्जा दक्षता विभाग मार्फत टेण्डर आव्हान भएर मन्थलीको सडकमा स्मार्ट सडक बत्ति जडान गरिएको थियो ।

बत्ति जडानको सम्पूर्णकाम पुरा भएको चार महिना बितिसक्दा पनि सदरमुकाम मन्थलीमा हाल्नसम्म बत्ती बल्न सकेको छैन् । यता मेयर श्रेष्ठ र वडा नं ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठकै पहलमा गाईखुरामा चार महिनादेखी सडक बत्ति बाल्दै आएका छन् । सदरमुकाम आसपास बढी अपराधिक गतिविधि हुने क्षेत्रको लागि विद्युुत पहुँचको आधारमा मेयर श्रेष्ठले वजार क्षेत्र कटाएर आफ्नो गाउँमा लगेको र वजार क्षेत्र महिनौ देखी अन्धकार हुँदा पनि मेयर श्रेष्ठले बत्ति बाल्न कुनै पहलकदमी नगरेको आरोप स्थानियको रहेको छ ।

एउटा परियोजनाले काम गर्दा एकातिर सडक बत्ति नियमित बल्ने र अर्कोतिर बल्दै नबल्ने यो कसरी सम्भव भयो स्थानिय राजकुमार श्रेष्ठले बताए । उनले भने–यो सबै पहुुँचको आधारमा भएको हो । सडक बत्ती बल्दा समान हिसावले सबै तिर बल्नु परो, नबल्ने हो भने सबैतिरको लाइन काट्नुु पर्छ । बत्ति बल्दा सबैतिरको बत्ति एकैपटक बल्नुपर्छ ।

सडक बत्तिको नाउँमा दशैं, तिहार, छठपर्व र गणतन्त्र दिवसको दिन एकदिन झिलिक्क वत्ती बाल्ने र अरुदिन बन्द गर्ने यो कस्तो नियम हो । उहीँ परियोजनाले गरेको काम एउटा गाउँमा नियमित वत्ति बल्ने सदरमुुकाम सधै अन्धकार हुने यो तरिका ठिक नभएको मन्थली नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुुरेन्द्र कार्कीले बताए ।

अपराधिक गतिविधि बढी हुने वजार क्षेत्र सधै अन्धकार छ । जुन ठाउँमा बत्तीको खासै आवश्क छैन् उक्त क्षेत्रमा पहुँच र पावरको भरमा बत्ती बल्नु गलत भएको मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होमप्रसाद पौडेलले जानकारी दिए । उनले भने–चोरी डकैती र लुटपाट हुने क्षेत्र अन्धकार छ । बत्ती आवश्यक नभएको ठाउँमा सधैं झिलीमिली छ । बत्ति बले एकैपटक सबैतिर बल्नु परो, नभए सबैतिरको बत्ती बन्द गर्नु परो, बिद्युत जडान गर्दा विद्युत प्राधिकरणले पनि पावर र पहुँचको आधारमा विद्यूत जडान गर्नु गलत भएको अध्यक्ष पौडेलले बताए ।

मन्थलीको सडकमा जडान गरिएको स्मार्ट बत्ति नबल्नुको कारणबारे जानकारी लिन पटकपटक नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयका इन्जियिनर विराट शर्मासँग टेलिफोन सम्र्पक गर्दा उनले मोवाइल स्विचअफ गरेर राखेको कारण सम्र्पक हुन सकेन । यस बिषयमा नेपाल विद्युत प्राधिकरण मन्थली शाखाका प्रमुख दिपेन्द्र बुढाथोकीसँग सम्र्पक गर्दा उनले सडक बत्तिको नाउँमा आफुले धेरै स्थानियको गाली खानुपरेको बताए ।

उनले भने–सडक बत्ति जडान गर्दै मेयर श्रेष्ठको गाउँमा पोलै पिच्छे टाइम सेट गरेर प्राविधिकहरुले विद्युत जडान गरिदिएको रहेछ । जसले गर्दा त्यहाँको बत्ति नियमित वल्ने र वजार क्षेत्र अन्धकारमय भएको साचो हो । म आज देखी गाइखुराको बत्ति समेत काट्न लगाउँछु । वजार क्षेत्र सवैतिर एकहप्ता भित्र सडक बत्ति बाल्ने तयारीमा आफुु लागि परेको पनि प्रमुख बुढाथोकीले बताए ।

गाईखुरामा बलेको बत्तिको बिषयमा आफुलाई कुनै जानकारी पनि नभएको र आफुुले त्यस ठाउँमा बत्ति लैजान कुनै पहलकदमी नगरेको मन्थली नगरापालिकाका प्रमुख लव श्रेष्ठले जानकारी दिए । उनले भने– गाईखुरामा बलेको बत्ती काटिदिनुस भनेर मैले पटकपटक विद्युत प्राधिकरणलाई भन्दा समेत प्राधिकरणले अटेर गरेर बसेको छ । बत्ति बाल्दा सबैतिरको बत्ती एकैपटक बलोस् भन्ने मेरो चाहना हो । मन्थली नगरका १४ वटा वडाहरु अन्धकार राखेर मेरो गाउँमा बत्ति बाल्नुु मेरो कुनै स्वार्थ छैन् । यदी विद्यूत प्राधिकरणले मेयरले भनेर गाईखुराको बत्ति बालेको हो भनेर भन्छ भने त्यसको सम्पूर्ण जसअपजस आफुले लिने मेयर श्रेष्ठले बताए ।

Scroll to Top