डिभिजन वन कार्यालयले गर्यो जिल्ला अस्पताल परिसर सफाई

रामेछाप । डिभिजन वन कार्यालय रामेछापले बुधबार जिल्ला अस्पताल परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।

वन कार्यालयले “प्लाष्टिकबाट हुने वातावरण प्रदुषण नियन्त्रण गर्न प्लाष्टिक जन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरौँ” भन्ने नाराका साथ सरसफाई कार्यक्रमको आयोजना गरेको हो । वातावरण प्रदूषण गर्ने मुख्य तत्वहरु मध्ये प्लाष्टिकजन्य बस्तु पनि एक भएकाले यसलाई समयमा नै नियन्त्रण गर्न सके वातावरण सफा हुने भएकाले यसलाई निरुत्साहित गर्न सबै सरोकारवाला निकायको आवश्यकता भएको डिभिजनल वन अधिकृत ओमसागर भण्डारीले जानकारी दिए ।

उनले भने–प्लाष्टिक जन्य पदार्थले हाम्रो वातावरणलाई प्रदुषित मात्रै गरेको छैन् । जताजतै प्लाष्टिक फाल्दा प्रदुषण समेत बढेको छ । यसलाई समयमा नै रोक्न नसक्ने हो भने दिनानुुदिन वातावरण झनै प्रदुषित हुँदै जाने भएकाले यसलाई न्युनीकरणमा ध्यान दिनुपर्ने बताए ।

सो कार्यालयले जिल्लाका विभिन्न स्थानका बजार,नदी र आसपासको क्षेत्रमा प्लाष्टिक लगायतका फोहर सरसफाई तथा व्यवस्थापन गर्दै आएको छ । त्यही कार्यक्रमलाई निरन्तरता दिदै कार्यालयले जिल्ला अस्पताल परिषरको फोहर व्यवस्थापन गरिएको डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत देबेन्द्र यादवले जानकारी दिए ।

वन कार्यालयले गरेको उक्त सरसफाई कार्यक्रममा रामेछाप नगरपालिकाका जनप्रतिनिधी, नेपाली सेना,नेपाल प्रहरी, अस्पतालका कर्मचारी, संञ्चारकर्मी र स्थानिय नागरीकहरुको उल्लेख्नीय सहभागीता रहेको थियो ।

Scroll to Top