रामेछाप । प्रधानमन्त्री कुषि आधुनिकरण परियोजना रामेछापले मन्थली नगरपालिका–९ पुरनागाउँको जनमैत्री कृषि सहकारी संस्थालाई अनुदान बापत २० लाख रकम सहयोग गरेको छ ।
परियोजनाबाट प्राप्त अनुदान रकमले सहकारीले संस्थामा आवद्ध २१ जना शेयर सदस्य हरुलाई बाख्रा वितरण गरेको छ । उक्त संस्थाले सोमवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी सोही कार्यक्रममा बाख्रा वितरण गरेको हो । संस्थाले स्थानिय स्तरमा नै पाइने खरी जात बाख्रा संरक्षण गर्ने अभियानका साथ खरी जातको बाख्रा खरिद गरी सदस्यहरुलाई वितरण गरिएको उक्त सहकारी संस्थाका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले जानकारी दिए ।
बाख्रा वितरणको लागि प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना मन्थलीले ५० प्रतिशत अनुदान वापत २ लाख ४० हजार रुपैयाँ र सहकारी संस्थाले ५० प्रतिशत रकम ब्यहोरेर बाख्रा वितरण गरेको छ । कुल ४ सय ३० जना शेयर सदस्य रहेको उक्त सहकारी संस्थाले युवाहरुलाई कृषि कर्ममा कृयाशिल बनाएर गाउँमै रोजगारीको वातवरण सृजना गर्ने उदेश्यले प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना संगको सहकार्यमा स्थानियस्तरमा ब्यवसायीक वाखा पालनका लागि आधानुकि खोर निर्माण, भैसि पालन र ब्यवसायीक तरकारी खेतिका लागि पनि ५० प्रतिशत अनुदान सहयोगमा गोठ र पोखरि निर्माण आदीका काममा पनि सहयोग गर्दै आएको छ ।
पहिलो चरणमा संस्थाले आन्तरिक उप–समुह निर्माण गरि २० जना सदस्य वराबर १ बाख्राको दरले वितरण गरेको छ । संस्थाले बाख्राको विमा समेत गरी शेयर सदस्यहरुलाई प्रदान गरेको हो । वितरण गरिएका बाख्रा चासो दिएर पाल्दा मरेमा सहकारीले फेरी अर्को बाख्रा खरिद गरेर दिने भएको छ । सदस्यहरुलाई वितरण गरेको बाख्रा पहिलो बेत पाउँदा जे पाउँछ, त्यो संस्थालाई फिर्ता गर्नुपर्ने निति बनाएको छ । संस्थाले शेयर सदस्यहरुले बाख्रा जतन गरेर पालुन भन्ने उद्धेश्यले यो जुक्ती लगाएको हो ।
विपन्न सदस्यहरुको हकमा पनि संस्थाले निर्माण गरिएको मापदण्डलाई आधार बनाएर काम गर्दे जाने निति लिएको र यसका लागि वडा कार्यालय पनि सहयोग गरेर सहकारीको कृषि मार्फत सम्बृद्धिको खोजि अभियानलाई नगर स्तरमानै स्थापित गर्ने निति वडा कार्यालयले लिएको वडा अध्यक्ष गोकर्णराज आरणले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोलनो दिएको अनुदान रकमवाट पुरानागाउँमा चालु आर्थिक वर्षमा सुधारीएको वाख्रा खोर निमार्ण ४ वटा, प्लाष्टिक टलेन निमार्ण र १ वटा सिमेन्टेट पानी पोखरी निमार्णको काम गरेको छ । सहकारीले गरेको काम प्रति आम नागरिकहरु उत्साहित भएको उक्त कार्यक्रममा सहभागी एक महिलाले बताइन ।
परियोजना कार्यान्वयन इकाई रामेछापले सहकारीसँग गरेको साझेदारी कार्यक्रममा भए गरेका कार्यक्रमको स्थलगत रुपमा अनुगमन समेत गरेको थियो । अनुगमनको क्रममा जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख प्रेमसागर थापा, मन्थली नगरपालिकाकी उप–प्रमुख ईश्वरी बस्नेत, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रे, वडा नं ९ का वडा अध्यक्ष गोकर्णराज आरण र संचारकर्मीहरु समेतको सहभागीता रहेको थियो ।