रामेछाप नगरको वजेट ७३ करोड ५९ लाख सार्वजनिक

रामेछाप । रामेछाप नगरपालिका को १३ औ नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि कुल ७३ करोड ५८ लाख ६३ हजार, ६ सय ९७ रुपैयाँ सार्वजनिक गरेको छ ।

पालिकाले सार्वजनिक गरेको वजेट मध्ये पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएर २४ करोड २९ लाख ८३ हजार ७ सय ९७ रुपैयाँ विनियोजन गरेको छ । जसमा नगर भित्रका सडक, सिँचाइ, भवन लगायतका पूर्वाधारका कामहरु संचालन हुने छन् । त्यस्तै नगरको दोश्रो प्राथमिकतामा सामाजिक विकास परेको छ जुन शीर्षकका २ करोड ७५ लाख ३४ हजार विनियोजन गरिएको छ ।

नगरले शिक्षा तर्फ १ करोड ७ लाख विनियोजन गरेको छ । त्यस्तैगरी स्वास्थ्य तर्फ ८७ लाख विनियोजन गरिएको छ भने महिला तथा बालबालिका तर्फ ८१ लख ३४ हजार ४६ हजार विनियोजन गरिएको छ । नगरले आर्थिक विकासका लागि कुल १ करोड १० लाख विनियोजन गरेको छ ।

कृषि तर्फ ४० लाख, पशु विकास तर्फ ४० लाख विनियोजन गरिएको छ । त्यस्तै राजस्व सहकारी उद्योग तथा उपभोक्ता हित संरक्षण तर्फ र ३० लाख रकम विनियोजन गरेको छ । नगरले सुशासन तथा संस्था विकास तर्फ ११ लाख ६० हजार विनियोजन गरिएको छ । त्यस्तै वन वातावरण र विपद् व्यवस्थापन तर्फ ४६ लाख बजेट विनियोजन गरेको छ ।

Scroll to Top