रामेछापका लघुवित्तका कर्मचारी असुरक्षित,मागे सुरक्षा

रामेछाप । रामेछापमा विगत लामो समयदेखी संञ्चालनमा रहेका एकदर्जन भन्दा बढी लघुवित्तमा कार्यरत कर्मचारीहरुले आफुहरु प्रति पछिल्लो समय असुरक्षा बढ्दै गएको भन्दै प्रशासन समक्ष सुरक्षाको माग गरेका छन् ।

लघुवित्तमा काम गर्ने कर्मचारीहरुले सोमवार प्रधानमन्त्रीको कार्यालयलाई सम्बोधन गरी आफु कार्यरत संस्था र कर्मचारीहरुको सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले पछिल्लो समयमा लघु वित्तहरूको विरुद्धमा पूर्वाग्रही ढङ्गले आक्रमण गर्ने, गलत नियतका साथ केही अवाञ्छित समूहले लघु वित्तीय विरुद्धको सङ्घर्ष समिति नामक अवैध समूह खडा गरी सुनियोजित तरिकाले कार्यालयहरूमा ताला लगाउने, कार्यालयको नियमित काममा अवरोध पु¥याउने र धम्क्याउने जस्ता कार्यहरु गर्दै आएको भन्दै प्रशासन समक्ष सुरक्षाको माग गरेका हुन् ।

त्यस्तै संस्थामा कार्यरत कर्मचारीहरु विरुद्ध अनर्गल प्रचारप्रसार गर्ने, कर्मचारीहरुलाई गालीगलौज तथा हातपात गर्ने, संस्थामा भएको रकम लुटपाट गर्ने सम्मका काम गर्ने र सदस्यहरूलाई सेवा उपयोगमा समेत अवरोध गर्दै आएको कुरा पनि आफ्नो ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

त्यसैगरी संस्थाबाट नियमानुसार ऋण लिएर फिर्ता नगर्ने, मादक पदार्थ सेवन गरी हो हल्ला हल्ला गर्ने, गैर कानुनी गतिविधि समेत गर्दे आएको हुँदा उक्त कार्यप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै संस्थाको सुरक्षाको माग गर्दै प्रजिअ मार्फत प्रधान मन्त्रीको कार्यालयमा पठाउने गरी ज्ञापन पत्र बुझाएको लघुवित्त कर्मचारी मञ्च रामेछापका संयोजक बद्री सुबेदीले जानकारी दिए ।

Scroll to Top