रामेछाप । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय रामेछापले विहिवार मन्थली नगरपालिका–१ सानीमदौ सामुदायिक वनमा विभिन्न प्रजातीको विरुवाहरु रोपेको छ ।
सदरमुकाम नजिकै रहेको सानिमदौ सामुदायिक वनमा वढी मात्रामा सुख्खा क्षेत्र भएकाले उक्त क्षेत्रमा केही वर्षदेखी डिभिजन वन कार्यालयको सहयोगमा बृक्षारोपण कार्यक्रम हुँदै आएको छ । रोपिएका विरुवा जोगाउँन सानिमदौ सामुदायिक वनका पदाधिकारीहरु दैनिक हेरचाहमा लाग्दै आएका छन् । यसवर्ष पनि वन कार्यालयले सानिमदौमा नै वृक्षारोपण गरेको हो ।
यसपटक सानिमदौ सामुदायिक वनमा तेजपत्ता, गोलमोहर, निम, जगरण्डा, क्यासिया, स्वामी, अल्फी, सतिसाल, लप्सी,कटहर,बकाइनो,लगायत २ सय ५० बिरुवा रोपिएको हो । उक्त बृक्षारोपण कार्यक्रम बोल्दै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले मन्थली नगरका सुख्खा पाखालाई हरियाली बनाउने आफ्नो लक्ष्य भएकाले सोही अनुसार कार्यक्रमहरु संचालन गर्दै आएका बताए ।
रामेछापका विभिन्न सामुदायिक वनहरुमा यसवर्ष १२ हजार विभिन्न प्रजातीका विरुवाहरु लगाउने कार्यक्रम अन्तर्गत विभिन्न सामुदायिक वनमा विरुवा रोप्ने कार्यक्रम शुरु भइरहेको डिभिजन वन कार्यालय रामेछापका डिभिजन वन अधिकृत ओमसागर भण्डारीले जानकारी दिए ।
उनले भने– पछिल्लो समय रामेछापका अधिकासं वनजंगलहरु मासिदै जाँदा मानव जातीलाई चाहिने अक्सिनको मात्रा कम हुँदै गएकाले त्यसलाई परिपूर्ती गर्नको लागि पनि डिभिजन वन कार्यालय रामेछापले नाङ्गो डाँडाहरुमा वृक्षारोपण गरी हरियाली र सुन्दर जंङ्गल बनाउने उद्धेश्यका साथ बृक्षारोपण कार्यक्रम गरिरहेको बताए ।