भारतमा रेल दुर्घटना हुँदा २१ को मृत्यु, ८५ घाइते

Posted on: August 20, 2017 | views: 298

काठमाडौं, ४ भदौ २०७४– भारतको उत्तर प्रदेशको मुजफ्फरनगरको खतौली नजिकै भएको कलिंग उत्कल एक्सप्रेस दुर्घटनामा कम्तीमा २१ को मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

मुजफ्फरनगरका जिल्लाधिकारी जिएस प्रियदर्शीले बीबीसीलाई मृतक र घाइतेबारे जानकारी दिएका हुन् । घाइतेको सरकारी र नीजि अस्पतालमा भर्ना गरिएको उनले बताए ।

जिल्लाधिकारीका अनुसार रेलका बाँकी करिब दुई हजार यात्रीलाई सरकारी बसमार्फत आ–आफ्नो गन्तव्यसम्म पुर्याइएको छ ।

कलिंग उत्कल एक्सप्रेसको १३ डिब्बा ट्र्याकबाट निस्किएका थिए । उक्त ट्रेन पुरीबाट हरिद्वार गइरहेको थियो ।

रेलमन्त्री सुरेश प्रभुका अनुसार घटनास्थलमा राहत र बचाउको काम भइरहेको र ट्र्याकबाट डिब्बा हटाउने काम भइरहेको छ । रेलमन्त्रीले ट्वीटरमार्फत सबै घाइतेलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिए । बीबीसी

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com