कोरोनाबाट बच्न आधारभूत व्यवसायिक पूर्वतयारीबारे पुस्तक प्रकाशित

0 0

काठमाडौं- राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले कोरोनाबाट बच्न आधारभूत व्यवसायिक पूर्वतयारीबारे पुस्तक प्रकाशित गरेको छ । कार्यस्थलमा श्रमिकले अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपायहरू समावेश गरी ‘कोभिड–१९ का लागि आधारभूत व्यवसायिक पूर्वतयारी एवं सञ्चालन’ पुस्तक प्रकाशित गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवले बिहीवार संयुक्त रूपमा पुस्तक विमोचन गरे । पुस्तकबारे जानकारी दिँदै पहलका अध्यक्ष कुशकुमार जोशीले पुस्तकले सुझाएका विषयवस्तुलाई सरोकारवाला पक्षले इमान्दारपूर्वक अवलम्वन गरे राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने बताए । विश्वव्यापी कोरोना भाइरसको कारण मुलुकको सम्पूर्ण क्षेत्र अस्तव्यस्त भईरहेको बताउँदै उनले निजी क्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक सामाजिक विकासको गति ठप्प प्रायः भएको बताए ।
उनले भने, ‘सुरक्षित वातावरणमा उद्योग सञ्चालनका लागि विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय श्रम संगठनलगायत अन्य निकायहरूको मापदण्ड र नियम पालना गरी कसरी औद्योगिक काम गर्ने तथा मजदुरको स्वास्थ्यमा कसरी ध्यान दिने भन्ने विषय पुस्तकमा समावेश छन् ।’
कार्यक्रममा आपूर्तिमन्त्री लेखराज भट्टले पुस्तकमा समावेश विषयवस्तुले आर्थिक गतिविधि सुचारु गर्न, श्रमिक कामदारलाई सुरक्षित माध्यमबाट काममा फर्किने वातावरण तयार गर्न सहयोग पुग्ने बताए । यसबाट अर्थतन्त्र क्रमशः स्थायित्वतर्फ अघि बढ्ने उनको विश्वास छ ।
यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवले श्रमिक कामदारलाई जोखिम न्यूनीकरण गरी उद्योग व्यवसाय सञ्चालनमा ल्याउन सके उत्पादन तथा रोजगारी सूचारु भई जनजीवन सामान्य हुने बताए । ‘आजको कठीन परिस्तिथिमा उद्योग सञ्चालन गर्न पुस्तकले ठूलो योगदान पु¥याउन सक्छ,’ उनले भने, ‘बन्दाबन्दीले दैनिक ज्यालादारी र मजदुरी गर्ने श्रमिकलाई अत्यन्त ठूलो असर परेको छ ।’
यस्तै अन्तरराष्ट्रिय श्रम संगठनका नेपालका निर्देशक रिचार्ड होवाडले पहलसँगको सहकार्यमा अत्यन्त उपयोगी पुस्तक तयार भएकोमा खुशी व्यक्त गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.