खेलकुदको बजेट अघिल्लो वर्षभन्दा १ अर्ब ६३ करोड कम

0 0

काठमाडौं– सरकारले आगामि आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन गरेको छ ।
आगामि आर्थिक बर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ३६ करोड विनियोजन गरेको बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले युवा परिचालनदेखि खेलकुदका पूर्वाधार निर्माण, नवौं राष्ट्रिय खेलकुद आयोजना, कर्णालीमा खेलकुद पूर्वाधार निर्माण, निर्माणाधिन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानका लागि बजेटको व्यवस्था गरेको बताएका हुन् ।
यस वर्ष युवा तथा खेलकुद क्षेत्रमा बजेट अघिल्लो वर्षको भन्दा १ अर्ब ६३ करोड घटेर आएको छ । अघिल्लो वर्ष युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.