दुई वर्षपछि शंकर र पार्वतीको मिलन

0 0

काठमाडौं । नेपाली लोकगीत क्षेत्रमा लामो समय जोडीको रुपमा छाएका मोडल शंकर बिसी र पार्वती राईको दुई वर्षपछि पुनः मिलन भएको छ । आन्तरिक कारणले मनमुटाव भएका शंकर र पार्वतीले दुई वर्षअघिसम्म लोक तथा दोहोरी गीतमा एकछत्र राज गर्दै आएका थिए ।
यो जोडीलाई म्यूजिक भिडियोमा देख्न नपाउँदा खल्लो महसुस गर्दै आएका दर्शकले अब भने फेरि यो जोडीलाई म्यूजीक भिडियोमा देख्न पाउने भएका छन् । गएको मंगलबार ‘भुनभुन गर्ने भमरा’को बोलको लोकगीत सार्वजनिक भएको छ । जसमा शंकर बिसी र पार्वती राईको दमदार नृत्य देख्न सकिन्छ । यो जोडीलाई दुई वर्षपछि एक गराउने काम गरेका हुन् गुरुआमा भनिने निर्देशक स्मृति तिमिल्सिनाले । बागिना डिजिटलको प्रस्तुतीमा अनिता चलाउने र जितेश थापाको स्वरमा रहेको सो गीतमा शहदेव कोईरालाले लय शब्द भरेका छन् । भिडियोलाई हरिनारायण चौधरीले खिचेका हुन् भने दिपक बिष्टले सम्पादन गरेका हुन् ।
parbati-rai-and-shankar-bcपार्वती राई भन्दा अघि शंकर बिसी र मोडल सम्झना बुढाथोकीको जोडीलाई पनि दर्शकले निकै रुचाएका थिए तर पछि सम्झना र शंकरको जोडी पनि सम्झनाको मोटाईले गर्दा टिक्न सकेन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.