प्रभु बैंकका सिईओ शेरचन गृह जिल्लामा सम्मानित

0 0

बागलुङ– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचन गृह जिल्ला बागलुङमा सम्मानित भएका छन् । बागलुङ नगरपालिकालेसंकटको बेलामा सहयोग गरेको भन्दै मंगलबार सिईओ शेरचनलाई सम्मान गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि नगरपालिकालाई स्वास्थ्य सामाग्री सहित फुड बैंकमा पनि सहयोग गरेको भन्दै नगरप्रमुख जनकराज पौडेल र उपप्रमुख सुरेन्द्र खड्काले शेरचनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कोरोना रोकथामको लागि शेरचनले माक्स, थर्मन गन र सेनिटाइजर सहयोग गरि कोरोना विरुद्ध लड्न साथ दिएकाले सम्मान गरिएको नगरप्रमुख जकराज पौडेलले जानकारी दिए । ‘कोरोना महामारीको सुरुवाती चरणमै बागलुङमा संक्रमण देखियो’ नगरप्रमुख पौडेलले भने–‘संक्रमण फेला परेपछि भयाबह अवस्थामा स्वास्थ्य सामाग्री समेत अभाव थियो । उक्त समयमा शेरचनले स्वास्थ्य सामाग्री सहयोग गरि संकटमा साथ दिनुभयो ।’
सम्मान पछि बोल्दै सिईओ शेरचनले गृह जिल्लामा सम्मान हुँदा सामाजिक काममा हौसला प्राप्त भएको बताए । उनले संकटको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्ने सोचका साथ आफुले गृह जिल्लामा सानो सहयोग मात्र गरेको बताए ।
नगरपालिकालाई नयाँ सोचका साथ अगाडी बढ्न अनुरोध गर्दै सिईओ शेरचन आवश्यक सहयोग गर्नुपरेमा आफु र बैंक सधै तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
सिईओ शेरचनले कोरोना महामारीको विरुद्ध लड्नको लागि स्थानिय तहहरु, धौलागिरी अञ्चल अस्पताल, सामाजिक संघसंस्थाहरु र पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेका छन् ।
यस्तै प्रभु बैंकले बागलुङ नगरपालिकासँगको सहकार्यमा बानपा–१ रामरेखाको शहिद पार्क र बानपा–२ को एश्वर्य पार्कलाई आधुनिक पार्क निर्माणको लागि काम गरिरहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.