काठमाडौ । व्यापारीहरुले काठमाडौको न्युरोड,बौद्धलगायत स्थानमा केहीदिनदेखि खोलेका भएपनि प्रहरीले मंगलबार बन्द गरेको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनले पसल खोल्न भनेको तर आफुलाई कुनै आदेश नआएको भन्दै प्रहरीले सबै पसल बन्द गराएको छ । पसल बन्द गर्ने क्रममा प्रहरी व्यापारी र प्रहरीबिच भनाभन समेत भएको थियो । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने बताएका थिए र त्यसपछि काठमाडौ,भक्तपुर र ललितपुरका मुख्य बजारका पसलहरु निर्वाध रुपमा खुलेका थिए । तर पनि प्रहरीले माथिको आदेश नभएको भन्दै बन्द गराएपछि व्यापारी र प्रहरीबिच झडपको अवस्था आएपछि यतिबेला न्युरोड क्षेत्रमा प्रहरी तैनाथ गरिएको छ ।
सरकारी निर्णयबारे सरकारी निकायबीचमै समन्वय अभावको परिणतिका रुपमा न्युरोड घटनालाई लिन सकिन्छ । यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यानाकर्षण होस् ।
Share
Post Views:
119