काठमाडौं । आफ्नो फिल्म नहेरेको भन्दै अभिनेत्री पुजना प्रधानले दर्शकमाथि रिस पोखेकी छिन् । यही मंसिर १८ गतेबाट प्रदर्शनमा आएको फिल्म चकलेटलाई दर्शकले नहेरेको भन्दै निर्माता तथा नायिका पुजना प्रधानले राम्रो फिल्म हेर्दैनन् नराम्रो कथाका फिल्ममात्र हेर्छन भन्दै फेसबुकमार्फत रिस पोखेकी हुन् ।
‘राम्रो फिल्म बनाउँदा कसैले हेर्दैन हावा कथा भएको भए सबैले हेर्थे,’ यस्तो स्टाटस देख्दा उनका फेसबुक फ्यानहरू थुप्रैले दर्शक माथि आक्रोस पोख्नु भन्दा फिल्म राम्रो बनाउनुपर्ने प्रतिक्रियासमेत दिएका छन् । उनले अबदेखि फेसबुक चलाउँदिन भनेर लेखेको स्टाटसले झनै उनैलाई घाट पु¥याउने देखेर उनले फेरि अर्को स्टाटस लेखेकी थिइन् । असाहाय बालबालिकाको सहयोगका लागि फिल्म बनाउँदा कसैले हेर्दिएनन् भन्दै दर्शकका कमेन्टको आधारमा उनले स्टाटस लेखेकी थिइन् ।
Headline