टोकियो (जापान) – जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे)मा पहिलो पटक महिलालाई कार्यकारी निर्देशक नियुक्त गरिएको छ । बीओईमा व्यापाक हेरफेरको योजनाअन्तर्गत सोमबार ५५ वर्षिय टोकिको शिमिजुलाई कार्यकारी निर्देशक नियुक्त गरिएको हो । बैंकको १३८ वर्षे इतिहासमा यस्तो पहिलो पटक भएको हो । शिमुजुले सन् १९८७ देखि बीओजेमा काम गर्न थालेकी थिइन् ।
वित्तीय बजार र विदेशी विनिमय सञ्चालन लगायत विभिन्न विभागमा रहेर काम गरेपछि सन् २०१६ र सन् २०१८ को बीचमा उनलाई अन्तरराष्ट्रिय भूमिका दिइयो । बीओजेमा करीब ४७ प्रतिशत कर्मचारी महिला भएपनि वरिष्ठ व्यवस्थापकको पदमा भने १३ प्रतिशत मात्रै महिला छन् । बैंक सञ्चालक समितिमा नौं मध्ये एक सदस्य मात्रै महिला छन् । बैंकमा अहिलेसम्म कुनै पनि महिलाले गभर्नरको भूमिका पाएकी छैनन् । एजेन्सी
Headline