बोकाले दुध दिएपछि ….

0 0

भारतको उत्तरप्रदेश बुन्देलखण्डको जालौनक्षेत्रस्थित सिंहरा कांशिपुर गाउँमा एउटा बोकाले दुध दिन थालेपछि ठूलै तरंग उत्पन्न भएको छ । पप्पु नामको यो बोकाको एउटा थुन छ, जसबाट दुध झर्छ । बोकाले दुध दिन थालेपछि गाउँलेहरुले त्यसलाई मन्दिरमा लगेर राखेका छन् । बोकालाई हेर्नका लागि टाढाटाढाबाट मानिसको घुइँचो लागेको त्यहाँको दैनिक जागरण पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ ।
गाउँलेहरुका अनुसार यो बोकाले दिनको एक गिलास दुध दिन्छ । केही महिना पहिले यो पाठो गाउँमा देखापरेको थियो । केहीदिनसम्म त्यो मन्दिरको आसपास बस्यो । त्यसपछि मन्दिरका पुजारीहरुले त्यसलाई बाँधेर राखे । पाठो ठूलो हुँदैजाँदा त्यसको एउटा थुन देखापर्यो । थुन बढ्दै गयो । पुजारी तथा अन्य मानिसहरुले त्यसको थुन दुहुँदा त्यसबाट दुध झर्न थालेपछि सबै अचम्ममा परेको समाचारमा जनाइएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.