भारतले नाकाबन्दी नखोले कागै–कागले दूतावास घेरिदिने कागे बाहुनको चेतावनी

0 0

20151108_182158काठमाडौं । विगत लामो समयदेखि कागतिहारको दिन काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले १२औं काग सम्मेलन सम्पन्न गरेका छन् । एक सय ७३ थरीको आवाज निकाल्न सक्ने फरक शैलीका कलाकार दुलालले आफ्नो मुखबाट काग कराएर काठमाडौंको रत्नपार्क (शान्ति बाटिका) मा दर्जनौं काग बोलाएर काग सम्मेलन गरेका थिए ।
कात्तिक २३ गते अर्थात् काग तिहारको दिन बिहान करिब साढे ७ बजे बजे राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजनामा भएको काग सम्मेलन हेर्न सयौँको सङ्ख्यामा सर्वसाधारणको घुँइचो देख्न सकिन्थ्यो । दुलालले बर्षैपिच्छे काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् ।
जब मुखबाट कागको आवाज निकालेर माथि–माथि हेर्न थाले तब कागहरू वरीपरी घेरिएका थिए । उनले कागको अवाज निकालेको मिनेटभरमा नै दर्जनौँको सङ्ख्यामा कागले घेरिएका थिए । साथै कार्यक्रममा कलाकार दुलालले भारतको अघोषित नाकाबन्दी अघोषित तरिकाले नै नखुलाएमा भारतीय दूतावासमा कागै कागले घेरिदिने चेतावनी समेत दिएका थिए । ‘गतवर्ष पनि मैले यदि संविधान बनेन भने कागले संबिधानसभा भवन घेर्ने भनेको थिएँ’, उनले भने– ‘खुशीको कुरा भन्नुपर्छ संबिधान बनेको छ ।’ तर, अहिले नेपालमा भारतले अघोषित नाकाबन्दी गरेर नेपाली जनताले हैरानी खेप्नु परेको र यदि यो तुरुन्तै नखुलेमा भारतीय दूतावास कागले घेर्ने चेतावनी उनले दिएका हुन् । कार्यक्रममा विभिन्न संस्थाका महिलाहरूले कागतिहारको उक्त दिनमा काग कलाकार भन्दै दुलाललाई पूजा गरेर माला लगाइदिएका थिए । मुखबाटै विभिन्न चराचुरुङ्गी, जनावर तथा बाजाको आवाज निकालेर चकित बनाईदिने दुलालले गिनिज बुक अफ दि वल्र्डमा नाम लेखाउने तयारीमा पनि जुटेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.