स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सरकारको कोरोना कोषलाई रकम हस्तान्तरण

0 0

काठमाडौं– स्ट्यान्डर्ड चार्टर्ड बैंकले संघीय सरकारले स्थापना गरेको कोरोना कोषका लागि रू. १ करोड १६ लाख हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्भान घोष दस्तीदारले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई आइतवार हस्तान्तरण गरे ।
बैंकको सहयोगले नेपालमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा योगदान पुग्ने सीईओ दस्तीदारले बताए । आगामी दिनमा पनि बैंकले सहयोग गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
बैंकले हस्तान्तरण गरेको उक्त रकम बराबरको चेक ग्रहण गर्दै मन्त्री भट्टले कठीन परिस्थितिलाई दृष्टिगत गरी बैंकले प्रदान गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । बैंकले यसअघि कोरोना भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि ग्लोबल फन्डलाई ५० मिलियन डलर सहयोग गरिसकेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.