कुकुरसँग सुत्न नपाएपछि श्रीमती टाप

0 0

भारतको बैंगलोरकी एक युवती आफ्नो घरमा पालेको कुकरप्रतिको माया तथा लगावका कारण आफ्नै श्रीमानसँग डिभोर्सको संघारमा पुगेकी छिन् ।
समाचार अनुसार सन् २०१४ मा बिहे गरेका ३० वर्षका निमिष र २६ वर्षकी काव्या दुवैजनाले सूचना प्रविधि क्षेत्रमा जागिर गर्छन् । बिहेको एक हप्तापछि माइत गएकी ती महिलाले माइतीबाट फर्किँदा दुइवटा पाल्तू कुकुर लिएर आएकी थिइन् ।
माइतीको कुकुर पनि प्यारो हुन्छ भन्ने उखानै छ । तर यो उखानको यथार्थ ती महिलाका लागि महंगो सावित भयो । उनले ती कुकुरलाई यति माया गर्न लागिन् की कुकुरलाई आफ्नै ओछ्यानमा सँगै सुताउन थालिन् । नव विवाहिता श्रीमतीले कुकुरलाई सँगै सुताउन थालेपछि उनका पतिले विरोध जनाए । उनले उल्टै लोग्नेलाई नै ओछ्यान छाड्न र कोठाबाट बाहिर निस्किन उर्दी जारी गरिन् । घरका सासु तथा नन्दहरुले पनि कुकुर वा लोग्नेमध्ये एक रोज्न भनेपछि उनी केही दिनमै दुवै कुकुरलाई लिएर माइततिर टाप कसिन । लोग्नेले आफुलाई कुकुरसँगै सुत्न दिए मात्र आफु घर फर्किने अडान उनको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.