पेरिसमा स्वदेशीको सहयोगमा विदेशीको आक्रमण

0 0

शुक्रबार राति फ्रान्सको राजधानीमा पेरिसमा भएको आतंकवादी आक्रमणमा १२९ जनाको मृत्यु भएको छ । सो आक्रमण स्वदेशीको सहयोगमा विदेशीले गरेको पाइएको छ । श्रृंखलाबद्ध हमलाको जिम्मेवारी आतंकवादी संगठन इश्लामिक स्टेट (आईएस)ले लिएको छ । सो घटनाको विश्व समुदायले निन्दा गरेका छन् । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सो घटनाको निन्दा गर्दै फ्रान्सका पक्षमा नेपाल रहेको बताए काछन् । उनीहरूले फ्रान्सलाई परेको दुःखमा साथ नेपाल तयार रहेको बताएका छन् । त्यस्तै संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, नेदरल्याण्ड, चीन, अष्ट्रेलियालगायतका विश्वका देशले सो आतङ्कवादी हमलाको निन्दा र भत्र्सना गर्दै आतंकवादसँग लड्न जस्तोसुकै सहयोग गर्न प्रतिवद्धता जनाएका छन् ।
विभिन्न समुहमा आएका आतंककारीले शुक्रबार राति राजधानी पेरिसका विभिन्न सात स्थानमा बन्दुक र बमबाट हमला गरेका थिए । बन्दुकधारीहरूले अन्दाधुन्ध गोली चलाएका थिए । कतिपय स्थानमा उनीहरूले बम विस्फोट पनि गराएका थिए । बम हमलाकारी आत्मघाती भएको पनि खुलेको छ । आत्मघाती बम हमलाकारी सबैजसो मारिएका प्रहरीले जनाएको छ । फ्रान्सको पेरिसमा यसवर्ष नै दुई पटकसम्म यस्तो आतङ्ककारी हमला भएको छ । गएको जनवरी महिनामा पनि पेरिसमा भएको हमलामा पत्रकारहरूसहित दर्जनभन्दा बढी मानिस मारिएका थिए ।
शुक्रबार फ्रान्स र जर्मनीबीचको मैत्रीपूर्ण फुटबल भइरहेको र खेल हेर्न आएका दर्शक रङ्गशालामा खचाखच रहेको हलमा हमला भएको थियो । सो फुटबल खेल स्थानीय समय अनुसार राति करिब ९ बजे भएको थियो । सो खेलकुद म्याचमा फ्रान्सेली राष्ट्रपति फ्रान्साँ अल्याण्ड पनि उपस्थित थिए ।
राष्ट्रपति नै उपस्थित सो समारोहमा अकस्मात विस्फोट हुन थालेपछि ठूलो आतङ्क मच्चिएको थियो । उनलाई प्रहरीले बल्ल तल्ल सुरक्षितस्थलतर्फ पु¥याएको थियो । आक्रमणपछि सो रङ्गशालालाई प्रहरीको हेलिकोप्टरले घेरा हालेको थियो । सुरक्षा अवस्था तत्कालै कडा पारिएको थियो ।  सो रङ्गशालामा पनि मानिस हताहती भएको बताइएको छ । त्यसैगरी अन्य छ वटा क्षेत्रमा भएका हमलामा परी ती मानिस मारिएको बताइएको छ ।
यसैबीच सो आक्रमणपछि फ्रान्समा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । राष्ट्रपति ओल्याण्डले सो अवस्थाको घोषणा गरेका हुन् । उनले राष्ट्रिय रुपमा सङ्कटकाल घोषणा गर्दै आतङ्कवादका विरुद्धमा एक भएर लड्न सबै देशवासीलाई आग्रह पनि गरेका छन् ।
अनुसन्धानकर्ताहरूले सात आत्मघाती आक्रमणकारी मध्ये एकको नाम सार्वजनिक गरेको छ । घटनास्थलमा भेटिएको एक औलाबाट २९ वर्षीय फ्रान्सेली नागरिक उमर इसमाइल मुस्तर्फइको पहिचान भएको अधिकारीहरूले बताएका छन् । उनी आक्रमणमा संलग्न भएको प्रहरीले जनाएको छ ।
उमर इसमाइली आपराधिक पृष्ठभूमिका हुन् र इस्लामिक कट्टरपन्थी प्रवृत्तिका कारण उनको सेक्युररिटी फाइल पनि बनेको थियो । यस्तै घटनामा मारिएका एक आक्रमणकारीबाट सिरियाली पासपोर्ट भेटिएको छ । उनी गत महिना ग्रिस हुँदै गएको ग्रिस सरकारले बताएको छ ।
आक्रमणकारीहरू ग्रिसको बाटो भएर युरोप आएकोबारे अनुसन्धान भइरहेको छ । यो वर्ष पाँच लाखभन्दा बढी शरणार्थी र आप्रपासी टर्कीबाट ग्रिस आएका थिए । जसमा थुप्रै सिरियाली पनि छन् ।
पेरिस प्रहरी प्रमुख फ्रान्स्वा मोलिन्सका अनुसार आक्रमणकारीहरू कहाँबाट आए र यसका लागि कहाँबाट पैसा पाए भन्ने पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् । उनका अनुसार बेल्जियममा पक्राउ परेका तीन जनाको सम्वन्ध पेरिस आक्रमणसँग छ ।
बेल्जियमका प्रधानमन्त्री चाल्र्स माइकलका अनुसार पक्राउ परेका मध्ये एक जना शुक्रबार साँझ पेरिसमा थिए । प्रहरीले आफ्नो ध्यान गाडीहरूमा केन्द्रीत गरेको छ । पुलिसले कन्सर्ट हलबाट एक गाडी पनि बरामद गरेको छ, बेल्जियमको रेजिस्ट्रेशन नम्बर छ ।
यो गाडी बेल्जियममा रहेका एक फ्रान्सेली नागरिकसँग थियो । पुलिसले अर्को गाडीको खोजी गरिरहेको छ, जुन दुई स्थानको आक्रमणमा प्रयोग भएको थियो ।


नेपाली परेका छैनन्: परराष्ट्र
काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी आक्रमणमा नेपालीहरू परे नपरेको जानकारी नआएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलले अहिलेसम्म केही जानकारी नआएकाले नेपालीहरू नपरेको दावी गरेका छन् । उनले भने –‘नेपालीहरूलाई केही भएको भए त खबर आइसक्थ्यो ।’ नेपालमा सार्बजनिक विदा परेपनि फ्रान्सस्थित नेपाली दूतावासमा सम्पर्क गरेर विस्तृतमा बुझ्ने प्रयास गरिरहेको पोख्रेलले बताएका छन् ।


भारतमा आक्रमण गर्ने आईएसको धम्की
काठमाडौं । फ्रान्सको राजधानीमा पेरिसमा शुक्रबार राति भएको श्रृंखलाबद्ध हमलाको जिम्मेवारी लिएको आतंकवादी संगठन इश्लामिक स्टेट(आईएस)ले अब भारत कब्जा गर्ने योजना बनाएको समाचार सार्वजनिक भएको छ । संसारमा ७० भन्दा बढी देशमा प्रभाव पारिसकेको आईएसले अब दक्षिण एसियाको लोकतान्त्रिक मुलुक भारतलाई आफ्नो कब्जामा पार्ने योजना बनाएको कुरा वेलायतका सञ्चारमाध्यमले जनाएका छन् । मुश्लीम समुदायका लागि विभिन्न देशका सहरहरू कब्जा गरेर छुट्टै राज्य घोषणा गर्दै हिडेको आईएसले भारतमा धेरै संख्या मुश्लीम रहेकाले कब्जामा लिने धम्कीसहितको भिडियोलाई उद्धृत गर्दै बेलायतका सञ्चारमाध्यमले जनाएका छन् ।
यद्यपी एसियाका चीन र भारत आइएसको प्रत्यक्ष विरोधमा देखिएका छैनन् । तर, पाकिस्तान र भारतलाई आएइएसले धम्की दिँदै आएको छ । अहिले आईएसको निशानामा पाकिस्तान भन्दा पनि भारत परेको कुरा अन्तर्राष्ट्रिय समाचार एजेन्सीलाई उद्धृत गर्दै दैनिक नेपालले खबर छापेको छ । पाकिस्तानले मुश्लीम समुदायलाई पर्याप्त अधिकार दिएको र भारतले मुश्लीमलाई अधिकार दिनुको सट्टा कुटिकिुटि मारेर असहिष्णूता फैलाइरहेकाले आईएसको निशानामा भारत परेको समाचारमा जनाईएको छ ।
हालै बेलायतबाट प्रकाशित एक रिपोर्टमा आइएसले २० वर्षभित्र पुरै भारतलाई नियन्त्रणमा लिन सक्ने दाबी गरिएपछि भारतमा यसले हंगामा मच्चाएको छ । दिल्लीमा केन्द्रीय सुरक्षा निकायको बैठक समेत बसेको थियो । अघिल्लो महिना बंगलादेशमा आइएसको आक्रमणमा परी क्रिश्चियन मिसनका विदेशी नागरिक मारिएपछि यो घटनालाई दक्षिण एशियामा आइएसको पहिलो प्रवेशका रुपमा लिइएको छ । हाल नेपालमाथि नाकाबन्दी लगाइरहेको भारतले आइएसको धम्कीपछि हरेक सहरमा सुरक्षा व्यवस्था कडा बनाएको बताइएको छ । मुश्लीम समुदायको अधिकार लागि आईएस विश्वसँग लडिरहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.