बजेटमा वैदेशिक रोजगारः विदेशमा अलपत्र कामदारको उद्धारका लागि ‘द्रुत उद्धारटोली’ परिचालन गरिने

0 0

काठमाडौं । वैदेशिक रोजगारीमा गएर विभिन्न कारणले विदेश अलपत्र कामदारको उद्धारका लागि सरकारले ‘द्रुत उद्धारटोली’ परिचालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/०७४ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

त्यसैगरी आन्तिरिक तथा वैदेशकि रोजगारीको प्रवद्र्धधनका लागि सीपमूलक तालिमको आयोजना गर्ने पनि अर्थमन्त्रीले बताएका छन् । रोजगार प्रत्याभूति विधेयक संसदमा पेश गरिने घोषणा गर्दै अर्थमन्त्री पौडेलले आप्रवासी कामदारको हक हितका लागि श्रम गन्तव्य मुलुकहरुसँग क्रमशः श्रम सम्झौता गरिने पनि बताएका छन् । आगामी आर्थिक वर्षभित्र ओमान, लेवनान, मलेसिया र जोडर्नसँग दुईपक्षीय श्रम सम्झौता गरिने घोषणा मन्त्री पौडेलले गरेको छन् ।

त्यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका कामदारले जानेको सीप परीक्षण गरी उनीहरुलाई कार्यदक्षताको प्रमाणपत्र दिइने पनि बजेट भाषणमा समावेश गरिएको छ । यस्तो व्यवस्थाले कामदारको सम्मान र मुलुकलाई आवश्यक जनशक्तिको पहिचान गर्न सहज हुने अपेक्षा सरकारले गरेको छ ।

त्यसैगरी सरकारले युवा स्वरोजगार कार्यक्रमलाई थप विस्तार गर्ने भएको छ । जसअनुसार १० युवा एक युवा उद्यम कार्यक्रम लागू गरिने भएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.