मलेसियामा विदेशी कामदार अभाव, बंगालीभन्दा नेपाली कामदार नै राम्रो !

0 0

काठमाडौं । अवैधानिक कामदारलाई वैधानिक बनाउने अभियान तीव्र पारेसँगै मलेसियाले अहिले नयाँ आप्रवासी कामदार लिन बन्द गरेको छ । सरकारले विदेशी कामदार ल्याउने अनुमति कम्पनीहरूलाई नदिदा त्यहाँको उद्योगहरूमा भने कामदारको अभाव बढ्न थालेको छ । त्यसो त नेपाल सरकारले गरेको फ्री भिषा फ्री टिकटको निर्णयअनुसार नेपाली कामदार लैजान मलेसियाले इन्कार गर्दा पनि त्यहाँ आप्रवासी कामदारको अभाव खड्किएको हो ।
कामदारको अभाव बढ्न थालेपछि त्यहाँका रोजगारदाताहरूले सरकारलाई सत्तोसराप गर्न थालेका छन् । उद्योगीहरूले विदेशी कामदार ल्याउन पाउने पुरानै अवस्थामा फर्काइदिन सरकारसँग आग्रह गरिरहेका छन् । स्थानीय सञ्चार माध्यमहरूमा पनि यससम्बन्धी खबर प्रकाशित भएका छन् । त्यहाँको प्रभावकारी सञ्चार माध्यम ब्लुमबेर्गमा प्रकाशित खबरअनुसार मलेसियन कम्पनीहरूले चाहेजति आप्रवासी कामदारहरू पाउन सकेका छैनन् । जसका कारण उद्योगहरूमा मन्दी आउने सम्भावना बढ्दो छ ।
‘प्रायः सबै उद्योग तथा कलकारखानाहरूमा पर्याप्त काम छन्, तर काम गर्ने कामदार छैनन्,’ समाचारमा लेखिएको छ– ‘बिशेष गरि विभिन्न उद्योगधन्दा, कलकारखाना र कृषि क्षेत्रमा कामदारको अभाव चरम छ ।’ मलेसियाका अधिकांश उद्योगधन्दा कलकारखाना नेपाली कामदारको भरमा चलेको पनि समाचारमा उल्लेख गरिएको छ । कृषि क्षेत्रमा कामदारको चरम अभाब बढ्दै गएपछि खाद्यान्नहरूमा ५० प्रतिशतसम्म मूल्य बृद्धि हुन थालेको छ ।
समाचार अनुसार हाल मलेसियालाई करिब २६–३० हजार नयाँ आप्रवासीको आवश्यकता छ । कामदार अभावकै कारण उद्योगहरूको उत्पादनमा समेत २०–३० प्रतिशतले कमी आउन थालेको छ । नेपाली कामदारको विकल्पको रूपमा पाँच वर्षमा १५ लाख बंगलादेशी कामदार लैजाने समझौता गरे पनि हाल मलेसियाले अवैधानिकलाई वैधानिक बनाउने भन्दै आप्रवासी कामदार लिनै रोक लगाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.