शवले मलामी कर्याप्पै समातेपछि…

0 0

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा चितामा राखिएको शवले मलामी गएका एक मानिसको हातको औला समातेको घटना सार्वजनिक भएको छ । यो घटनाले मसानघाटमा हलचल मच्चिएको छ । आधा जति मलामी भागेका थिए । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार जेतपुरमा बस्दै आएका २५ वर्षीय पुरुष देवेन्द्र पंड्या मुटुरोगी थिए । धेरै ठाउँमा उपचार गराउने क्रममा बुधवार विहान उनको मृत्यु भयो । डाक्टरले उनलाई मृत घोषित गरे ।
त्यसपछि अस्पतालबाट उनको शवलाई अन्तिम संस्कारका लागि अपराह्न जेतपुर मसान घाट लगियो । जहां चितामाथि राखिएको देवेन्दको शवले नजिकै रहेका आफ्ना साथीको हातको औला समाते । यो दृश्यलाई देखेर त्यहाँ उभिएका मलामीको होसै उड्यो । त्यसपछि मलामीहरुले तत्कालै मसान घाटमा डाक्टरलाई बोलाए । डाक्टर आएको १० मिनेटपछि देवेन्द्रको मुटुको चाल आफै बन्द भयो । त्यसपछि उनलाई मृत घोषित गरियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.