सांसद्ले प्रधानमन्त्रीलाई टिपेर फाल्न खोजेपछि..

0 0

शुक्रबार युक्रेनको संसदमा सत्ताधारी गठबन्धका सांसद्हरु एक अर्का विरुद्ध हात हालाहालको स्थितीमा उत्रिएका छन् । यहाँसम्मकी राष्ट्रपति पेट्रो पोरोशेन्को निकटका एक सांसद्ले प्रधानमन्त्री अर्सेनी यात्सेंइयुकलाई मञ्चबाट तानेर उठाएर फाल्न खोजेका थिए ।
संसद्मा यात्सेंइयुक आफ्नो संकटग्रस्त सरकारको बचाउ गर्दै थिए । त्यति नै बेला सांसद ओलेहा बर्ना मन्चमा चढे । उनले मन्चमै एउटा रातो गुलाब दिएर सरकारको कटाक्ष गरे । त्यसपछि उनले प्रधानमन्त्रीको कम्मर समाते । त्यसपछि उनले नै नै मन्चबाट उठाएर प्रधानमन्त्रीलाई तल ल्याए ।
सांसद्मा प्रधानमन्त्रीको पार्टीका सदस्य पनि उपस्थित थिए । उनीहरुले बर्नालाई तानेर पिट्न थाले । त्यसपछि राष्ट्रपति पोरासेन्का र प्रधानमन्त्री यात्सेंइयुकको गुटबीच हात हालाला सुरु भयो । दुई पक्षबीच केही समय हात हालाहाल भएपछि सबै सांसद फेरि आफ्नै कुर्सीमा फर्किए ।
यस घटनापछि युरोप समर्थित गठबन्धनमा बढेको विवाद सबैका सामू छर्लङ भएको छ । युक्रेनको सरकार गिर्न सक्ने अनुमान समेत लगाइएको छ । यस सरकारको समर्थन गर्ने पश्चिमा देशहरुले पनि सरकारले नातावाद र भ्रस्ट्राचारलाई प्रश्रय दिएको बताएका छन् ।
यात्सेंइयुक र पोरोसेन्को दुबै पश्चिमा देशको समर्थन हात पार्ने दौडमा छन् । २०१४ को फेब्रुअरी महिनामा मस्को समर्थित विक्टोर यानुकोविच सरकार हटेपछि यो होड अझै बढेको छ । तर गत वर्षदेखी नाटकिय रुपमा यि दुईको समर्थनमा कमी आएको छ । पोरोशेन्को गुटका प्रमुख युरी लत्न्सेले पत्रकार सम्मेलन गर्दै भनेका छन्–‘सदनभित्र मानसिक रुपबाट असन्तुलित मानिसहरुले उकास्ने कोसिस गरेका छन् । ओहेल बर्ना अघिल्लो पंक्तीमा बसेका थिए । उनी पुरै आवेगमा आए । तर उनले जे गरे , त्यसलाई हामी राम्रो मान्न सक्दैनौँ ।’
४१ वर्षीय यात्सेंइयुकसँग सवाल जवाफ हुदाँ संसद्मा हात हालाहाल भएको हो । यस्तो घटना हुनअघि प्रधानमन्त्रीले आफ्नो सरकारले हात पारेका उपलब्धिको साराशं बताइरहेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.