घरभाड छुटसम्बन्धी सरकारको अपिल घरधनीले टेरेनन्, डेरावाललाई पर्यो रोग, भोक र बासस्थानको चिन्ता

4 0

काठमाडौं । लकडाउनबाट अति प्रभावित डेरावालका लागि कम्तीमा एक महीनाको घरभाडा छुट दिन सरकारले गरेको अपिल घरधनीहरुले नटेर्दा डेरावालहरुलाई चरम मर्का परेको छ । आफ्नो सबै पेशा व्यवसाय बन्द गरेर घरभित्रै बस्न बाध्य भएका डेरावालहरुले घरभाडा भने नियमित तिर्नुपर्दा समस्यामा परेका हुन् । लकडाउनको बेला दाल चामलसमेत किनेर खाने पैसा नभएका उनीहरुले घरभाडा छुटसम्बन्धी अनिवार्य र परिपक्व निर्णय गर्न सरकारसँग माग गरिरहेका छन् ।
पेशा व्यवसाय हुनेहरुको तुलनामा पेशा नहुने तथा विद्यार्थी वर्ग अझ यो महामारीमा रोग र भोकको साथै कोठा भाडाको चिन्तामा पनि छन् । घरभाड छुट दिनू भनेर अपिल गर्दा सरकारले ठूलै काम गरेकोजस्तो लागे पनि घरधनीहरु इमानदार नबनिदिँदा समस्या उत्पन्न भएको हो ।
सरकारले गरीब तथा न्यून आयस्तर भएकाका वर्गका लागि निक्कै हल्का अपिल गर्दा अधिकांश मानिसलाई समस्या परेको बताउँछन् कोटेश्वर बहुमुखी क्याम्पस अनेरास्ववियूका नेता रामकृष्ण थापा । ‘घरधनीले १ महीनाको घरभाडा छुट गराउनुपर्ने बाध्यकारी निर्णय गर्न नसक्दा भाडामा बस्ने देशभरिका ६० लाख मानिसलाई समस्या परिरहेको छ’, थापाले भने, ‘काठमाडौं उपत्यकामा मात्र करीब ३० लाख मानिसहरु भाडामा बस्ने गर्दछन्, उनीहरुको अवस्था निक्कै तनावग्रस्त बनेको छ ।’
सरकारले सामान्य अपिल गरेको भरमा घरधनीले भाडा छुट दिन नसक्ने भन्दै नेता थापाले घरधनीलाई घरभाडा कर, बैंकको ब्याज तथा केही किस्ता मिनाहा गर्नुपर्ने पनि बताउँछन् । आम विद्यार्थी र मजदूरका लागि कम्तीमा १ महीनाको घरभाडा छुट गर्ने व्यवस्था मिलाउन उनले सरकारसँग जोडदार माग गरेका छन् ।
साथै उनले व्यावसायिक स्थलहरुमा पनि भाडा छुट दिनुपर्ने तथा वार्षिक १० प्रतिशत भाडा वृद्धि गर्ने घरधनीले यो वर्ष भाडा बढाउन नहुने बताएका छन् । घरधनीले डेरावाललाई सुविधा प्रदान गर्दा घरधनीलाई पनि राज्यले केही सहुलियत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । सरकारले घरधनीका लागि केही सहुलियत घोषणा गर्दा मात्रै उनीहरुले डेरावालको मर्का बुझ्न सक्ने उनको तर्क छ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.