‘नेपाली भूमी मिच्ने छिमेकी चाहिँदैन’

0 0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) कोटेश्वर बहुमुखी क्याम्पसका प्रतिनिधि रामकृष्ण थापाले नेपाली भूमी मिच्ने छिमेकी आफूहरूलाई नचाहिने बताएका छन् । संसार कोरोना भाइरस महामारीको त्रासमा डुबेको बेला एउटा छिमेकीले अर्को छिमेकीको भूमी मिच्नु अपराध भएको बताउँदै उनले भारतमाथि कडा टिप्पणी गरेका छन् ।
अनेरास्ववियू राष्ट्र, राष्ट्रियता, भौगोलिक अखण्डता, मुलुकको सार्वभौमसत्ता र जनताप्रति सधैँ उत्तरदायी भूमिका निर्वाह गर्ने संगठन भएको बताउँदै उनले त्यस संगठनको सदस्य भएको हुनाले भारतको ‘दादागिरी’ कुनै पनि हालतमा मान्य नहुने बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका उनले ‘के भारतले नेपालसँग युद्ध नै चाहेको हो र ?’ प्रश्न गरेका छन् । ‘आम नेपाली विद्यार्थीको हकहितका निम्ति इतिहासमै प्रभावशाली आफ्नो संगठन अनेरास्ववियू भारतले गरेको यो हर्कतको कडा रूपमा भत्सर्ना गर्दछ,’ उनले लेखेका छन् ।
कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीमाझ लोकप्रिय रहेका नेता थापाले भारतलाई मानवीयता हराएको देश भनेर पनि टिप्पणी गरेका छन् । ‘कोभिड–१९ अर्थात कोरोना भाइरसको कारण विश्व लकडाउनमा छ, जसमा लाखौं मानिसहरू संक्रमित भएका छन् भने २ लाख ८४ हजार भन्दा बढी मानिसले ज्यान गुमाईसकेका छन् । यस्तो अवस्थामा भारतले नेपाली भूमी मिचेको छ, यसमा देश अत्यन्तै दुःखित भएको छ,’ उनले अगाडि लेखेका छन्, ‘भारतले नेपालको भूगोलमा रहेको लिपुलेक हुँदै कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको गत शुक्रवार भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समामार्फत दिल्लीबाटै उदघाट्न गरेको समाचारले व्यक्तिगत रूपमा म र मेरो सिंगो संगठन अनेरास्ववियू कोटेश्वर बहुमुखी क्याम्पस अत्यन्तै दःखीत भएको छ ।’
यसबाट सारा नेपाली मात्र होइन अन्तर्राष्ट्रिय समूदायले समेत भारतलाई हेर्ने दृष्टिकोण गलत भएको भन्दै उनले आफूलाई सुधारेर तत्काल नेपाली भूमि फिर्ता गर्न आग्रह गरेका छन् । ‘भारतीय दादागिरी नेपालीलाई किमार्थ स्वीकार छैन,’ उनले भनेका छन्, ‘नक्कली नक्सा सार्वजनिक गर्दै सडक बनाउने भारतीय बिस्तारबादबिरुद्ध अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको छ ।’
आफ्नो गलत हर्कत तत्काल नसच्याए आफ्नो संगठन निर्मम रूपमा आन्दोलित बन्ने भन्दै उनले आन्दोलनबाट हुने सम्पूर्ण क्षति भारत र नेपालस्थित भारतीय दूतावासले ब्यहोर्नुपर्ने बताएका छन् । यस्तै सरकारी स्तरबाट पनि केवल विज्ञप्तिबाजीमा मात्रै सिमित नरही आक्रामक ढंगले छलफल गरी चाँडो विवाद मिलाउन सरकारलाई उनले आग्रह गरेका छन् । औपचारिक पत्राचारले मात्रै भारत नझुक्ने उनको बुझाई छ ।
‘समस्या समाधान उन्मुख नभए नेपाली आम विद्यार्थी र आम जनताले लकडाउनको परवाह नगरी आन्दोलनमा उत्रनुको विकल्प छन,’ उनले लेखेका छन्, ‘हामीलाई भारतीय दूतावासमा ठूलो भुइँचालो ल्याउन बाध्य नबनाईयोस् ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.