लकडाउन खुकुलो बनाउन विज्ञापन संघको माग

0 0

काठमाडौं । नेपाल विज्ञापन संघले २ महीनादेखि जारी लकडाउन आवश्यकताअनुसार खुकुलो बनाउन सरकारसँग माग गरेको छ । निरन्तरको लकडाउनका कारण आम सर्वसाधारण, उद्योगव्यवसाय, कलकारखाना, सेवा उद्योग तथा आमसञ्चारको क्षेत्रमा परिरहेको असरलाई दृष्टिगत गर्दै लकडाउन खुकुलो बनाउन अनुरोध गरेको हो ।
आम नागरिकको सुरक्षाका लागि लकडाउनको विकल्पमा अन्य उपायको खोजी गर्दै सुरक्षित तवरबाट जनजीवनलाई सहज बनाउनुपर्ने संघको भनाइ छ । उत्पादन तथा सेवाका सम्पूर्ण क्षेत्रलाई निरन्तर बन्द गरिरहँदा सर्वसाधारण, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी, सञ्चालक तथा उद्योगीले आर्थिक क्षति व्यहोर्नुका साथै अर्बौंको लगानी डुब्ने स्थिति आएको संघले बताएको छ ।
महामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई सँगै अगाडि बढाउन सरोकारवाला पक्ष तथा विशेषज्ञ समेतसँग परामर्श गरी मध्यमार्ग पहिल्याउनुपर्ने आवश्यकता संघले औंल्याएको छ । नागरिकको ज्यान बचाउने तथा अर्थतन्त्र टिकाउने विद्यमान समस्याको सामना सरकारले गरिरहेको बताउँदै संघले लकडाउनको विकल्प चाँडो खोजिनुपर्नेमा जोड दिएको छ ।
उद्योगी व्यवसायीले सुरक्षित तवरबाट व्यवसायको क्रमिक सञ्चालन गर्ने र सरकारबाट पनि त्यसको उचित वातावरण वनाउन सुरक्षाकर्मीको परिचालन र धेरै भन्दा धेरै संक्रमितको परीक्षण गर्न जरुरी रहेको संघले बताएको छ । सरकारले खोज्ने विकल्पलाई सहयोग गर्न संघ तयार रहेको पनि बताइएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

1 thought on “लकडाउन खुकुलो बनाउन विज्ञापन संघको माग

Leave a Reply

Your email address will not be published.