यामाहाका दुईपांग्रे खरीदमा डाउन पेमेन्ट र ब्याजदर शून्य प्रतिशत

0 0

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज प्रालिले शून्य प्रतिशत डाउन पेमेन्ट र ब्याजदरमा मोटरसाइकल तथा स्कुटर खरीदको योजना ल्याएको छ । कोरोना प्रभावित नेपालीका लागि लक्षित गरी कम्पनीले नयाँ र सहज स्किम शुरू गरेको बताएको छ ।
‘असहज परिस्थिति, सहज समाधान’ नाम दिएर कम्पनीले शुरू गरेको नयाँ योजनाअन्तर्गत यामाका दुईपांग्रे सवारीसाधन खरीद गर्दा ग्राहकले रू. १० हजार नगद छुट पनि पाउनेछन् । आप्mनो नयाँ स्किमले ग्राहकमाथि आर्थिक भार कम पर्ने विश्वास कम्पनीको छ । स्किम अन्तर्गत ग्राहकले ३ वर्ष अवधिका लागि शून्य प्रतिशत डाउन पेमेन्ट र ब्याजदरमा मोटरसाइकल तथा स्कुटर खरीद गर्न पाउने छन् ।
कोरोना र लकडाउनका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको बेला नागरिकको दैनिकी सहज र सुरक्षित बनाउन पनि अतिरिक्त आर्थिक भार पर्ने अवस्थालाई दृष्टिगत गरी नयाँ योजना ल्याइएको यामाहा नेपालका बजार प्रबन्धक विक्रम पौडेलले बताए । डिजिटल प्ल्याटफर्मको माध्यमबाट मोटरसाइकल तथा स्कुटर बुकिङको शुरुआत गरेको पनि उनले बताएका छन् ।
डिजिटल सेवाका लागि कम्पनीको वेवसाइट र फेसबुक पेजमा विस्तृत विवरण राखिएको कम्पनीले जानकारी दिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.