सवारी करमा जरीवाना हटाइँदै

0 0

सुर्खेत । कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यालयले लकडाउन अवधिको जरीवाना नलिने तयारी गरेको छ । लकडाउनको अवधिमा कर बुझाउनुपर्ने मिति पुगेका सेवाग्राहीबाट कुनै पनि प्रकारको सवारी करमा जरीवाना नलिनका लागि आवश्यक प्रक्रिया शुरु गरेको कार्यालयले जानकारी दिएको छ ।
सवारी अनुमतिपत्रको म्याद नाघेको, सवारी कर र अन्य दस्तुरलगायतमा जरीवाना नलिने तयारी गरिएको यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशका प्रमुख आनन्द चपाईंले जानकारी दिए । कर तथा जरीवाना तिर्ने मिति लकडाउनको अवधिमा परेका सेवाग्राहीबाट उक्त अवधिलाई शून्य मानी जरीवाना नलिने तयारी भएको उनको भनाइ छ ।
‘अर्थ मन्त्रालयमा उक्त प्रक्रियाका लागि लेखी पठाएका छौं’, उनले भने, ‘सोहीअनुसार प्रदेशको मन्त्रिपरिषद्बाट समेत निर्णय भएपछि काम अगाडि बढ्छ ।’ जरीवाना छुट तथा मिनाहाका लागि प्रक्रिया अगाडि बढाइसकिएको उनले बताए ।
हाल कार्यालय सञ्चालनमा आए पनि जरीवाना मिनाहा गर्नु पर्ने सेवाग्राहीको काम भने नगरिएको उनले बताए । मन्त्रिपरिषद्को निर्णय भएपछि जरीवाना मिनाहाको सेवा शुरू ग्रिने चपाईंले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.