साना व्यवसायीको गुनासो : ‘घरधनी आउँछन्, ग्राहक आउँदैनन्’

0 0

चितवन । आंशिक लकडाउन खुलेसँगै दैनिक उपभोग्य वस्तु तथा सेवालगायत अन्य पसलहरू पनि खुल्न थालेका छन् । ३ महीनापछि पसल खोल्न पाएका व्यापारी व्यवसायी खुशी हुन भने अझै सकेका छैनन् ।
पसल खोले पनि ग्राहकको संख्या न्यून हुँदा व्यापारको अवस्था धिमा गतिमा छ । कतिपय व्यापारीलाई बैंक तथा सहकारीबाट आउने बारम्बारको फोनले सताइरहेको छ भने अधिकांश घरधनीले एकमुष्ट भाडा मागेर थप पीडा भइरहेको उनीहरूको गुनासो छ । चितवनका अधिकांश साना व्यवसायीहरूको एउटै गुनासो छ, व्यापार नभए पनि घरधनीले भाडाका लागि दिनदिनै दबाब दिँदै आएका छन् ।
नारायणगढ शहीदचोकमा कम्प्युटर मर्मत पसल सञ्चालन गर्दै आएका ज्ञानु शाही ठकुरी भन्छन्, ‘पसल खोलेको दुई दिन नबित्दै घरधनीले भाडा माग्न थाले । ग्राहक एउटा पनि छिरेका छैनन्, तर घरधनी चाहिँ दिनदिनै आउन थालेका छन् ।’ पसल खोल्ने बित्तिकै घरधनीले भाडा र बिजुलीको बिल थमाएको उनको भनाइ छ ।
लकडाउन खुकुलो भएपछि अधिकांश साना व्यवसायीको साझा समस्या घरभाडा बनेको छ । नारायणगढस्थित गढीमाई सुनचाँदी पसलका सञ्चालक रवी बराईली सामान्यतया लकडाउनअघि पनि नियमित भाडा तिर्न समस्या नै हुने गरेको बताउँछन् । अहिलेको परिस्थितिमा तत्काल भाडा तिर्ने अवस्था नरहेको भन्दै उनले अहिले सुनचाँदीको व्यापार ठप्पै रहेको बताए । यस्तो अवस्थामा बैंक, सहकारी र घरधनीको दबाब थेग्न मुस्किल परेको बराईली बताउँछन् ।
यस्तै घरधनीले ठाउँ खाली गर वा भाडा तिर भनेर बारम्बार दबाब दिने गरेको बताउँछन् इंग्ल्यान्ड मोटरसाइकल रिकन्डिशनका सञ्चालक महेश थापा । ‘कर्मचारीलाई फागुन महीनाको पारिश्रमिक दिन सकेको छैन’, उनले भने, व्यापार नै नभएपछि घरधनीलाई तत्काल कहाँबाट ल्याएर भाडा तिर्ने’, उनले प्रश्न गरे । ग्राहकहरू अझै पनि स्वतन्त्र रूपमा घरबाट बाहिर ननिस्किएको र ग्राहकको क्रय क्षमतामा समेत ह्रास आएका कारण चाहेर पनि व्यवसायले गति नलिएको थापाको बुझाइ छ ।
कतिपय मार्केट, मल, कम्पेल्क्सहरूले १ महीनासम्मको भाडा छुट गरे पनि अन्य महीनाको भाडा छुट गरेका छैनन् । अधिकांश व्यावसायिक सटरहरू बैंकको ऋणमा बनाइएकाले उनीहरूले सोही भाडाबाट किस्ता तिर्नु पर्ने बाध्यता घरधनीलाई भएको उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ बताउँछन् । तर, आर्थिक क्रियाकलाप गर्ने घरधनीको सटर मात्र नभई त्यहाँभित्रको व्यवसाय हो, व्यवसाय सहज रूपमा चल्न थाल्यो भने सबैको समस्या हल हुँदै जाने भएकाले पहिला व्यवसायलाई बचाउन र बौरिन दिन उनले घरधनीहरुसँग आग्रह गरेका छन् ।
यस्तो बेलामा घरधनीले मात्र होइन, सबैले सबैको समस्या बुझेर धैर्य भई व्यवहार गर्न जरुरी रहेको उनको भनाइ छ । उद्योग वाणिज्य संघ अन्तर्गतको वस्तुगत संघहरूले घरधनीसँग छलफल गरी न्यूनतम १ महीनाको भाडा छुट गर्न अनुरोध गरेपछि ठूला मल र कम्प्लेक्सहरूले छुट दिएका छन् । तर, संघमा आबद्ध नभएका व्यवसायीले भने त्यो पनि नपाएको गुनासो गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.