काठमाडौं । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह (आईएफसी) बाट २५ मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करीब ३ अर्ब पुनर्कर्जा ल्याउन मंगलवार आईएफसीसँग समझदारी गरेको छ ।
समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईएफसीका एक्टिङ रेसिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् । दुई वर्षको अवधिमा आईएफसीबाट लगातार दुईपटक कर्जा प्राप्त गर्ने एनएमबि नेपालको एकमात्र बैंक भएको छ । यो बैदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तरराष्ट्रिय लगानी हुने छ ।
यो वित्तीय समझदारीले कोभिड–१९ को कारणले सृजित कठिनाइहरूको बीचमा साना तथा मझौला उद्यमीका लागि आवश्यक कर्जाको आपूर्ति गर्नाका साथै नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेे बताइएको छ । प्राप्त कर्जा प्राथमिकताका क्षेत्रहरू विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरूको सशक्तिकरणमा सघाउ पु¥याउन सदुपयोग गरिने बैंकले बताएको छ ।
एनएमबि बैंकले जलविद्युत्, कृषि, लघुवित्त, पूर्वाधार उद्योग, पर्यटन र साना तथा मझौला उद्योग क्षेत्रको लगानीलाई जोड दिँदै आएको छ ।
Headline